Home > आयरल्याण्ड > अक्सफोर्डमा नेपाली प्राध्यापक

अक्सफोर्डमा नेपाली प्राध्यापक

diyakar-acharya-660x330नेपाली युवा प्राध्यापक दिवाकर आचार्य बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्त भएका छन् । दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानका क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा नियुक्त आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने पहिलो नेपाली हुन् ।

अत्यन्त प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रूपमा भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए । सन् २००६ देखि जापानको क्योटो विश्वविद्यालयमा प्राध्यापनरत आचार्य प्रतिष्ठित ‘जर्नल अफ इन्डियन फिलोसोफी’का सम्पादकसमेत हुन् । जर्मनीको ह्यामबर्ग विश्वविद्यालय तथा तत्कालीन महेन्द्र संस्कृत (अहिलेको नेपाल संस्कृत) विश्वविद्यालयमा समेत प्राध्यापन गरिसकेका आचार्यका अहिलेसम्म तीनवटा पुस्तक प्रकाशित छन् भने विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौँ अनुसन्धानात्मक लेखसमेत प्रकाशित छन् ।

तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट शास्त्री गरी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य गरेका आचार्यले जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनको नियुक्ति १ अप्रिलदेखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published.