Home > खेलकुद > अग्युरोमाथि प्रतिबन्ध

अग्युरोमाथि प्रतिबन्ध

image

भाद्र २४,

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ। फुटबल एशोसिएसनले सिटीका स्ट्राइकर अग्युरोमाथि खेलमा हिंसात्मक गतिविधि गरेको भन्दै तीन खेलको प्रतिबन्ध लगाएको हो।

इंग्लिस प्रिमियर लिगको वेष्ट ह्याम युनाइटेडविरुद्धको खेलमा उनीले विपक्षी खेलाडी विनस्टन रिडलाई कुहिनाले हानेका थिए। रिडमाथि हिंसात्मक गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै अग्युरोमाथि एफएले तीन खेलको प्रतिबन्ध लगाएको हो।
वेष्ट ह्ष्याम युनाइटेडले अग्युरोले रिडमाथि कुहिनाले प्रहार गरेको भन्दै एफएमा उजुरी दर्ता गराएको थियो। एफएले भिडियो फुटेका आधारमा अग्युरोमाथि लगाइएको आरोप प्रमाणित भएपछि अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रतिबन्ध संगै भोली हुने म्यान्चेस्टर युनाईटेड सँगको महत्व पूर्ण खेल समेत गुमेको छ ।

Leave a Reply

Your email address will not be published.