Home > मनोरंजन > आफ्नो-पराई

आफ्नो-पराई

आफ्नो-पराई – कबि : दुस्यन्ता भट्टराई -Scotland
15492068_10208192059147755_5712967668827392487_n
बिर्सीयौ की चाम्रे खाजा, बिर्स्यौ हलो जोत्या ?

बिर्सीयौ की तिम्ले पनि चुलो, दैलो पोत्या ?

विदेश जाने भने पछि उड्यौ लगाई पंखा,

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।१।

बिर्सीयौ की बीयाडमा बिउ उखेलेको ?

बिर्सीयौ की वाउसे गर्दै हिलो मा खेलेको ?

बिर्सेका त छैनौं होला रोपाईं, घुम र वर्खा ?

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।२।

बिर्सीयौ की मन् लोभीने खेतमा धानको झुलेको ?

बिर्सीयौ की दशैं तीहार रमाउँदै डुलेको ?

बिर्सेका त छैनौं होला सेल रोटीको फन्का ?

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।३।

बिर्सीयौ की पुजा पाठ, नौरथको चण्डी ?

बिर्सीयौ की शीत लहर, हिउँदको ठण्डी ?

बिर्सेका त छैनौं होला मन्दिरको घंटा ?

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।४।

बिर्सीयौ की बा-आमाको न्यानो न्यानो काख ?

बिर्सीयौ की मान्यजनले दे को आशीर्वाद ?

किन गर्छौ आफ्नालाई आज यस्तो शंका ?

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।५।

बिर्सीयौ की स्वदेश र मातृभूमि माटो ?

बिर्सीयौ की तिमी हिड्ने गाउँघरको बाटो ?

पायौ होला सुख यहाँ स्वदेशको भन्दा ,

हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।६।

Leave a Reply

Your email address will not be published.