Home > Feature News > आयरल्याण्डमा कुकुर चोरी भएपछी

आयरल्याण्डमा कुकुर चोरी भएपछी

जनवरी १९ ।

dogआयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो ।

यो चोरीको तुलना सन् १९८३ मा भएको रेसको घोडा सेरगरको अपहरणसँग गरिएको थियो । प्रहरीले क्लेयर्स रकेट ‘सुरक्षित तथा ठीक अवस्था’मा उद्धार गरिएको जनाएको छ । आयरल्यान्डको जासुसी संस्थाको एक विभागका दुई कर्मचारीले यस विषयमा अहिले सोधपुछ गरिरहेका छन् । पक्राउ परेकामध्ये दुई अरूलाई चाहिँ क्लोनमेल गार्डा नामका ठाउँमा सोधपुछ गरिएको छ । कुकुरका विषयमा जानकार इयन फच्र्युनले बरामद भएको यो कुकुर ग्रेहाउन्ड रेसिङमा ‘सुपरस्टार’ मानिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.