Home > आयरल्याण्ड > आयरल्याण्डमा नेपाली समाजका उत्क्रिस्ट व्यक्तित्वलाई नागरिक सम्मान तथा अभिनन्दन गर्ने !

आयरल्याण्डमा नेपाली समाजका उत्क्रिस्ट व्यक्तित्वलाई नागरिक सम्मान तथा अभिनन्दन गर्ने !

nepalireland
डब्लिन, आयरल्याण्ड
आयरल्याण्डमा झन्डै झन्डै ४००० को संख्यामा नेपालीहरू बस्दै आएको अपुष्ट तथ्यांक छ / जस मध्ये अधिकांस विद्यार्थी युबाहरु नै भएको जानकारी छ/ केहीको संख्यामा दछ प्राबिधिक, नर्स र थोरै ब्यबसायीहरु रहेका छन् / २००२ देखि नेपाल आयरल्याण्ड समाज को स्थापना भएको थियो, जसमा संस्थापक अध्यछ श्री कृष्ण कुमार डंगोल हुनुहुन्थ्यो जो पहिलो नेपालीको रुपमा समेत चिनिनु हुन्छ / पछि २००७ मा एन आर एन को स्थापना पनि भयो जसमा सुभाष अधिकारीले योगदान गर्नुभयो/ तेसैगरी अन्य केहि संस्था हरुको पनि जन्म भएको छ / सबै संघ संस्था तथा परोपकारी व्यक्ति हरुले समाजमा आफ्नो अमुल्य योगदान गरेका छन् आफ्नो ठाउँ बाट /
images
थोरैको संख्यामा नेपालीहरू भए पनि नेपाली मन परोपकारी छ भन्ने कुरा ती संस्था र त्यहाँका व्यक्ति हरुको क्रियाकलापले प्रस्ट पारेको छ / बाढी पिडित , भूकम्प पिडित देखि सबैलाई यहाका नेपालीहरूले दिल खोलेर सहयोग गर्नुका साथै गरेको सहयोग उचित ठाउमा उचित व्यक्ति या पीडितले पाउन भन्नेमा उत्तिकै संबेदनसिल भएको देखीन्छ/ संस्कृतिमा धनि हामी नेपाली, बिदेशी भूमिमा, स्थानीय संकृति मा आफ्नो र आफ्नो संस्कृतिको पहिचानलाई स्थापित गर्दै नेपाली समाज अगाडी बढेको स्पष्ट छ / जसमा डम्बर सिंह को योगदान उत्तिकै साराहानीए छ / तेसै गरि नेपालको पर्यटन छेत्रमा दिपेशमान शाक्य आफ्नो तन मन ले लागेको बताईन्छ / आर्थीक सहयोग मात्रै नभई बैचारिक सहयोग तथा दुई देश बीचको मैत्री सहयोग विस्तारमा उत्तिकै रुपमा नेपालीहरु तल्लिन छन्/ विदेश मा रहदा आफ्नो मातृभूमिको विपत्तिमा हातेमालो गर्दै स्थानीय समाजको को सहारा लिदै परोपकारी मनहरुलाई एकत्रित गरेर नेपाल र नेपाली लाई मात्रै होइन विपत्तिका बेला हैटी, श्रीलंका आदिलाई समेत सहयोग गर्दै आएको छ /
यसैगरी परोपकारी मनहरुलाई आत्माबल बढाउन समाजका उत्कृस्ट समाजसेबीहरुलाई नागरिक सम्मान तथा अभिनन्दन गर्ने पहल कदमी nepalireland.com ले गर्न लागेको छ/ साथै विभिन्न बिदामा उत्क्रिस्ठ योगदान गर्ने व्यक्तित्व, बेशेष गरि बिद्यार्थी वर्ग जो आयरल्याण्डमा आएर समेत उत्कृस्ट स्थान लिन सछम देखिन्छ/ आफ्नो पढाईमा, खेलकुद , सांगीतिक छेत्रमा उत्कृस्ट रयांकमा आउने बिद्यार्थीहरुलाई समेत प्रोत्साहन र हौसाला स्वरूप बेशेष कार्यक्रमको आयोजनामा सम्मान तथा अभिनन्दन गर्ने कुरा nepalireland.com ले जनाएको छ / यस्ता सम्मान ले नेपाली समाज को बृहत हित हुने, अगाडी बढ्ने का लागि थप हौसला समेत हुने कुरा जनाएको छ /

Leave a Reply

Your email address will not be published.