Home > फिचर > एक्सिएटाले किन्यो एनसेलको ८० प्रतिशत शेयर

एक्सिएटाले किन्यो एनसेलको ८० प्रतिशत शेयर

६ पुस, काठमाडौं । नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक अर्ब ४० करोड अमेरिकी डलर मूल्यांकनसहित बिक्री हुने भएको छ । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले आफ्नो हिस्सामा रहेको ६०.४ प्रतिशत शेयर मेलेसियन दूरसञ्चार कम्पनी एक्सिएटालाई बिक्री गर्ने भएको हो ।

Ncell-Logoटेलियासोनेराले एनसेलमा रहेको आफ्नो हिस्सा एक अर्ब तीन करोड अमेरिकी डलर अर्थात एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यमा एक्सिएटालाई बिक्री गर्न सम्झौता गरेको छ ।

एक्जियटाले टेलियासोनेराको ६०.४ प्रतिशत शेयरसहित हालका स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठले लिएको २० प्रतिशत शेयर पनि एकिकृत गर्ने भएको छ ।

निरजले आफ्नो नाममा रहेको स्थानिय स्वामित्वको २० प्रतिशत शेयर एक्सिएटाले छानेको स्थानिय साझेदार भावना सिंह श्रेष्ठलाई चार करोड असी लाख डलर (करिव चार अर्ब ८० करोड रुपैयाँ) मा बिक्री विक्री गर्नेछन् ।

स्थानिय साझेदार निरजले एनसेलमा रहेको आफ्नो शेयर धितोमा राखेर टेलियासोनेराबाट २३ अर्ब रुपैयाँ ऋण लिएका थिए । सोही कारण भावना सिंहलाई बिक्री गरेको २० प्रतिशत शेयरको रकम टेलियासोनेराले लैजाने छ ।

टेलियासोनेराले एक्जियटाले स्थानिय साझेदार बनाउने भावना सिंहको सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेञ्चर्सबाट करिव चार करोड असी लाख अमेरिकी डलर अर्थात चार अर्ब ८० करोड प्राप्त गर्नेछ । यसरी टेलिया सोनेराले एनसेल बिक्रीबाट झण्डै एक खर्ब १० करोड नेपाली रुपैयाँमा हात पार्नेछ ।

एनसेलको तेस्रो सेयर होल्डरका रुपमा भाइजर समुहसित रहेको १९.६ प्रतिशत सेयर पनि एक्सिएटाले खरिद गर्ने भएको छ । यसअघि एनसेलमा तीनवटा साझेदार रहेकोमा एक्जियता प्रवेश गरेसँगै दुईवटा रहनेछन् । एक्जिएटाको नाममा ८० प्रतिशत शेयर रहनेछ भने स्थानिय साझेदार भावना सिंहसँग २० प्रतिशत शेयर रहने छ ।

प्रचलित नेपाली कानूनअनुसार विदेशी लगानीमा खोलिएको कम्पनीमा २० प्रतिशत शेयर नेपाली नागरिकको हुनु आवश्यक छ ।

सम्पूर्ण कारोवार समावेश गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुने बताइएको छ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्ने उसको दाबी छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा सम्पन्न हुने बताइएको छ ।

टेलियासोनेराको रणनीति

टेलियासोनेराले युरेसिया क्षेत्रका सातवटा स्थानबाट आफ्नो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्दि्रत गर्ने योजनाको घोषणा तीन महिनाअघि गरेको थियो । एनसेलको सेयर बिक्रीलाई उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणका रुपमा कम्पनीले व्याख्या गरेको छ ।

‘एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुर्‍याउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु,’ टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेका छन् ।

दक्षिण एशियाको शक्तिशाली एक्सिएटा

मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्दि्रत ख्यातीप्राप्त कम्पनी हो । यसका हाल छब्बीस करोड भन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् ।

एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई एनसेनलले बढाउने छ ।

‘जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागिअति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँगहाम्रो सहकार्य जारी राख्नेछौं,’ योहान डेनेलिन्डले भने । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published.