Home > Feature News > एक सय तीन किलो गाँजासहित पक्राउ

एक सय तीन किलो गाँजासहित पक्राउ

images

उदयपुर, १ असार – उदयपुरमा प्रहरीले एक सय तीन किलो गाँजासहित चार जनालाई मंगलबार बिहान पक्रेको  

उदयपुरको ओख्लेबाट चोर बाटो भएर सिराहातर्फ ठूलो परिमाणको अवैध गाँजा लैजाँदै गरको गोप्य सूचनाका आधारमा प्रहरीले रिस्कु पाट्नेबाट उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनुभयो

पक्राउ पर्नेमा ओख्ले का १७ वर्षे जीवन ठकुरी, ओख्ले का १७ वर्षे गणेश हमाल, लेखगाउँ का १९ वर्षे रामजी मगर रुपाटार का २३ वर्षे केशव ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको

केसीका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको प्रहरी टोलीले बिहान साढे दुई बजे एक सय तीन कोलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो  

गाँजा बोकेर जनाको समूह आएको भएपनि दुई जना भने फरार रहेको प्रहरीले जनाएको फरार हुनेमा लेखगाउँ का विक्रम ठकुरी सिराहाका मेखबहादुर सेनठकुरी रहेको प्रहरीले जनाएको

 

Leave a Reply

Your email address will not be published.