Home > Feature News > एनआरएनए आयरल्याण्डले दसैं तिहार बिशेष कार्यक्रम गर्ने

एनआरएनए आयरल्याण्डले दसैं तिहार बिशेष कार्यक्रम गर्ने

असोज ९, आयरल्याण्ड ।

14457331_1106464296110121_7513511531287462113_n

गैर आवासिय नेपाली संघ आयरल्याण्डले बडा दसैं एवं दिपावलिको अवसर पारी एक भब्य साङ्गितिक कार्यक्रमको आयोजना गरेको छ । यही असोज २३ गते अर्थात अक्टोबर ९, आईतवारका दिन कार्यक्रम हुन लागेको हो । डब्लिन १ स्थित लिबर्टी हलमा दिउसो १ बजे देखी साँझ ८ बजे सम्म सन्चालन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको एनआरएनए आयरल्याण्डका अध्यक्ष्य राजन काफ्लेले बताउनुभयो ।

कार्यक्रमको प्रमुख आकर्सणका रुपमा सु प्रसिद्ध नेपाली साङ्गितिक समुह कन्दरा ब्याण्डका लोकप्रिय गायक बिबेक श्रेष्ठ रहने छन् भने अरु थुप्रै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आयरल्याण्ड बासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितीका लागि अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.