Home > Feature News > एन्फा को अध्यक्षमा कर्मा छिरिङ शेर्पा पक्का !

एन्फा को अध्यक्षमा कर्मा छिरिङ शेर्पा पक्का !

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि कर्मा छिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । उनी आइतबार एन्फा कम्प्लेसबाट उम्मेदवारी घोषणा गरेका हुन् ।  नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले एन्फा अध्यक्षका लागि उम्मेदवारी दिने बताउँदै आएको भए पनि अन्ततः उम्मेदवारी नदिने घोषणा गरेका छन् । त्यसैगरी, उम्मेदवारी घोषणा गरेका टासी घले पनि उम्मेदवारी घोषणा र्फिता लिएपछि कर्मा र कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

karma-chhiring-sherpa-1
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै कर्माछिरिङ शेर्पा ।

एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माले उम्मेदवारी दर्ताको अन्तिम दिन उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरेका हुन् ।  उनको प्यानलमा उपाध्यक्षका लागि एन्फाका पूर्वकेन्द्रीय सदस्य दीपक खातीले उम्मेदवारी दिए ।जिल्ला फुटबल संघका अध्यक्ष तथा क्लबहरूका प्रतिनिधिसहितको भीड लिएर एन्फा कम्प्लेक्स सातदोबाटो पुगेका  कर्माले उम्मेदवारी घोषणापछि दर्ता गराएका थिए । उनले आफ्नो प्रमुख एजेन्डा आर्थिक पारदर्शिता बताउँदै आएका छन् । गणेश थापाले नीजी कम्पनीका रूपमा एन्फा चलाएको र आर्थिक अनियममितता गरेको भन्दै कर्माले लामो समयदेखि फुटबलमा सुदृढीकरण भन्ने अभियान नै चलाएका थिए । राष्ट्रिय स्तरमा उनको प्रयास  सफल हुन नसके पनि विश्व फुटबलको सर्वाेच्च संस्थाले थापाले गल्ती गरेको ठहर गर्दै प्रतिबन्ध लगाएसँगै कर्माको अभियानलाई सबैले तारिफ गरेका थिए ।  उनले आफूलाई फुटबलप्रेमी र फुटबलमा विकास चाहनेको समर्थन भएकाले जित सुनिश्चित भएको बताए ।

‘मलाई २० वटा जिल्ला फुटबल संघ र सातवटा क्लबको समर्थन छ,’ उनले भने, ‘मेरो विशेष जोड आर्थिकपारदर्शितामा रहनेछ ।’एकवर्षे कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।

‘हामीले लामो संघर्ष गरेपछि एन्फामा लोकतान्त्रिक प्रक्रिया सुरु हुन  लागेकामा म  खुसी छु,’ उनले भने, ‘आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शिता लागू गर्ने मेरो लक्ष्य हो । यसअघि हामीले चलाएको अभियानको एक अध्याय सकिएको छ र दोस्रो अध्याय आगामी ८ कात्तिकबाट सुरु हुन्छ ।’ उनले निर्वाचित भएलगत्तै आर्थिक नियमावली परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएपछि फुटबलको विकासका लागि ग्रासरुट लेभलबाट काम थाल्ने एजेन्डासमेत अघि सारेका छन् । ‘प्रत्येक प्रदेश र स्थानीय तहमा फुटबलको गतिविधि बढाउने एन्फाको विधानमै उल्लेख भएका १७ उपसमितिलाई सक्रिय बनाउने तथा एन्फामा सामूहिक नेतृत्वको प्रणाली पिकास गर्नेछौं,’ उनले एन्फा विकेन्द्रीकरणकोयोजना सुनाए ।

‘४५ जिल्लामा फुटबल ट्रेनिङ सेन्टर बनाउने, सातवटा प्रदेशमा महिला र पुरुषका लागि छुट्टाछुट्टै एकेडेमी बनाउने र प्रदेश तहमा यू १२, यू १४, यू १६ र यू १८ फुटबल टोली बनाउँछौं,’ उनले भने । हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले क्लबले भोगेका समस्यालाई एन्फामार्फत सम्बोधन गर्ने उनको योजनामा रहेको छ । उनले सर्वसाधारणले सेयर किन्न पाउने गरी व्यावसायिक रूपमा क्लब सञ्चालनका लागि व्यवस्था मिलाउनेसमेत बताएका छन् ।

Source ; Rajdhani

Leave a Reply

Your email address will not be published.