Home > Feature News > ओलीको आक्रोश–‘भारत भ्रमणमा अपमान भयो, फरार अपराधी किन भेटियो ?’

ओलीको आक्रोश–‘भारत भ्रमणमा अपमान भयो, फरार अपराधी किन भेटियो ?’

काठमाडौं, असोज ११ ।

kp-sharma-oli_0 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक मर्यादाविपरीत काम गरेको भन्दै आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसदको बैठकमा मंगलबार उनले प्रधानमन्त्री दाहालले आन्तरिक विषयको समाधान बाहिर खोज्ने प्रयत्न गरेको र एमालेलाई भारतविरोधी शक्तिकोरुपमा चित्रित गरेको आरोप लगाए । अध्यक्ष ओलीले नेपाल–भारत संयुक्त विज्ञप्तिमा नेपालको संविधान संशोधनको विषय उल्लेख हुनु आपत्तिजनक भएको बताए । यस्तै, उनले भारतीय लगानीमा नेपालमा बनिरहेका परियोजनाहरु अनुगमनमा भारतीय दूतावासका कर्मचारीको संलग्नताको विषय उल्लेख हुनु राष्ट्रहितविपरीत भएको टिप्प्णी गरे । ओलीले प्रहरीको अत्याधिक खोजीको सूचीमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सरकार प्रमुखले राजकीय भ्रमणकाक्रममा भेट्नु खेदजनक भएको बताए । यस्तै, लडाकू शिविरमा भएको अनियमिताको छानबिन रोक्ने विषयमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसँग कुरा मिलिसकेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए । मधेस आन्दोलन तथा टीकापुर घटनाका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिने तयारीमा सरकार जुट्दा कानुनी राज्यको धज्जी उडेको ओलीको भनाइ थियो । ओलीले संविधान संशोधन केका लागि ? भन्ने विषयमा सरकारको स्पस्ट धारणा आउनुपर्ने बताए । संसदको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले प्रधानमन्त्रीले टीकापुर घटनाका दोषीलाई भारतमा भेटेकोप्रति आपत्ति जनाएका थिए । यस्तै, लडाकू शिविरमा भएको भ्रष्टाचार तथा अख्तियार प्रमुखमाथि सर्वोच्चले अघि बढाएको छानबिन प्रक्रिया रोक्न प्रधानमन्त्री स्वयं लाग्नु दुःखद भएको उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.