Home > समाचार > ओलीले प्रतिवेदन सच्याएपछि एमाले विवाद थामथुम

ओलीले प्रतिवेदन सच्याएपछि एमाले विवाद थामथुम

/fli6«o e]nf lrtjgsf] ;f}/fxfdf g]skf-Pdfn]_n] cfof]hgf u/]sf] /fli6«o e]nfdf ;xefuL kf6L{sf zLif{ g]tfx? . tl:a/M gf/fo0f 9'+ufgf,/Tggu/,lrtjg, /f;;

काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरो बैठकको राजनीतिक प्रतिवेदनलाई सच्याएर मात्रै केन्द्रीय कमिटि बैठकमा पेस गरेपछि एमालेभित्रको बहस तत्कालका लागि थामथुम भएको छ । पोलिटब्युरो बैठकमा माधव नेपाल पक्षले विरोध जनाएपछि अध्यक्ष ओली त्यसलाई परिमार्जन गर्न बाध्य भएका हुन् ।

ओलीले सच्याएर प्रतिवेदनमा ‘२०६२÷६३ को जनआन्दोलनपछि पुँजीवादी जनवादी क्रान्तिका आधारभूत अभिभारा पूरा भएको, यसै वर्ष जारी भएको संविधानले त्यसलाई संस्थागत गरेको’ उल्लेख गरेका छन् । संविधान जारी भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा शनिबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले त्यो परिवर्तनका हिस्सेदार वाम–लोकतान्त्रिक दलहरुलाई धन्यवादसमेत दिएका छन् ।

यसअघि चैत २३ गतेदेखि सुरु पोलिटब्युरो बैठकमा ओलीले अहिलेको भन्दा फरक ‘संविधान निनर्माणपछि पुँजीवादी जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भएको’ दस्तावेज पेस गरेका थिए । नेता नेपाल पक्षले नवौं महाधिवेशनको स्पिरिटसँग ओली–दस्तावेज बाझिएको भन्दै विरोध गरेपछि दुई दिनभित्र सक्ने भनिएको पोलिटब्युरो बैठक लम्बिएको थियो ।

Leave a Reply

Your email address will not be published.