Home > Uncategorized > ओलीले प्रधानमन्त्रीलाई सोधे- भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?

ओलीले प्रधानमन्त्रीलाई सोधे- भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?

भाद्र ३०, काठमाडौं

15092016014548oli-1000x0पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विना कारण प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारबाट भारत भ्रमण सुरु गरेको भन्दै आलोचना गरेका छन् सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण आवश्यकता नरहेको टिप्पणी उनको थियो भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’ ललितपुरमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भने,‘ सरकार बनेको एक महिना हुँदैछ अहिले नै भारत नगई नहुने त्यस्तो के पुर्यो ?’

उनले सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाए मुलुकमा के भएको थियो   तत्कालै विशेष दूत खटाउनु पर्यो,’ ओलीले भने,‘माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात गर्यो

नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौताले घातक रहेको ओलीले टिप्पणी गरे   उक्त सम्झौता मुलुकको भौगोलिक अखण्डतामा आँच पुर्याउने, विदेशबाट आउने वित्तिकै नागरिकता दिइहाल्नुनर्पे राष्ट्रपतिसम्म बन्न दिनुपर्ने भन्ने मनसायमा आधारित भएकोको ओलीले आरोप लगाए

नेपालको संविधान जति समावेशी संविधान अन्यत्र नरहेको उल्लेख गर्दै ओलीले संविधानको सर्वस्वकार्यता कही पनि नहुने बताए कही पनि भएजति सबैले भनेको कुरा समेटिने गरी संविधान सर्वस्वीकार्य हुँदैन, तर संविधानको सर्वोच्चता हुन्छ,’ उनले भने, ‘संविधानमा नागरिकका कर्तव्य पनि हुन्छन् तीनलाई पालना गर्नुपर्छ ’  

उनले संविधानका भित्रैबाट सबै समस्या समाधान गर्न सकिने भएकाले पहिले यसको सर्वोच्चता स्वीकार्नुपर्ने बताए संविधानको सर्वोच्चता नस्वीकार्नेहरुसँग छलफल संवाद पनि हुनसक्ने ओलीको कथन थियो

संविधान च्यात्ने जलाउनेसँग छलफल हुँदैन पहिले संविधानको सर्वोच्चता स्वीकार्नुपर्यो नी,’ उनले भने, ‘अघिल्लो संविधान सभामा नेपालको नाम झण्डा नै फेर्नुपर्छ भन्ने सक्रिय थिए दोस्रो संविधान सभामा अलिक कमजोर भए मुलुकलाई विखण्डन गर्न खोज्ने शक्तिहरु अहिले चलखेल गर्न खोजिरहेका छन्

Leave a Reply

Your email address will not be published.