Home > प्रबिधि > कलर्सको नयाँ मोबाइल बजारमा

कलर्सको नयाँ मोबाइल बजारमा

कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत कलर्स एक्स फ्याक्टर इ २० लाई बजारमा ल्याएको छ।
कलर्स एक्स फ्याक्टर इ २० मा ५.५ इन्चको एचडि आइपिएस डिस्प्ले रहेको छ। १.३ गेगाहर्ज क्वाड को प्रोसेसर रहेको यस फोनमा २ जीबी ¥याम र १६ जीबी इन्टरनल मेमोरी रहेको छ जसलाई मेमोरी कार्डका मद्दतले ३२ जीबी सम्म बढाउन सकिन्छ।
उत्कृष्ट फोटोका लागि फोनमा अगाडि ८ मेगापीक्सेल र पछाडि १३ मेगापीक्सेल क्यामरा रहेको छ। एन्ड्रोइड ५.१  ललीपप अपरेटिङ सिस्टम रहेको यस फोनमा पावरका निम्ति २५०० एमएएच पावरको ब्याट्री दिइएको छ। यस मोबाइलमा धुलो नटिप्ने प्रविधि जडित छ भनें यसमा अाँँशिक स्क्रिन सट् खिच्ने सुविधापनि रहेको कम्पनीले जनाएको छ।
कलर्स एक्स फ्याक्टर इ २० को अर्को विशेषता भनेको यसमा रहेको इन्फ्रारेड प्रणाली हो जसको मद्दतले रिमोट कन्ट्रोलको रुपमा कुनै पनि टिभी र एसिको नियन्त्रण गर्न सकिन्छ। यस फोनको मूल्य मूल्य १५ हजार ६ सय ९५ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published.