Home > प्रमुख समाचार > काँग्रेसमा पक्ष विपक्ष दुवैलाई मिलाएर लैजान्छु – नेता देउवा

काँग्रेसमा पक्ष विपक्ष दुवैलाई मिलाएर लैजान्छु – नेता देउवा

 

पोखरा, ३० पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा पक्ष विपक्ष दुवैलाई आफूले मिलाएर लैजाने बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबारदेखि जारी दुई दिवसीय संविधान सम्मत नीति र विधान विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा उहाँले पार्टीभित्रको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले यसमा जित्नेले हार्नेलाई लिएर र हार्नेले जित्नेलाई साथ दिएर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

पार्टीभित्रको पक्ष विपक्षलाई गुटबन्दी भन्न नमिल्ने उल्लेख गर्दै उहाँले पार्टीलाई एकजुट बनाउने मुख्य जिम्मेवारी जित्नेको हुने बताउनुभयो । पार्टीमा पक्ष र विपक्षको सन्तुलन भएमा सङ्गठन बलियो बन्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.