Home > Feature News > कांग्रेस भित्र उदाउँदै भण्डारी

कांग्रेस भित्र उदाउँदै भण्डारी

२ साउन, काठमाडौं ।  13521918_536383893235405_7054537870104806508_nएउटा भ्रम छ कांग्रेस भनेको बूढ़ा पाकाको रजाई गर्ने पार्टी हो। हुन पनि पंचायतकॉल देखि मन्त्री पदमा बसेर मोज गरेकाहरु आजपनि मन्त्री बन्न उत्तिकै लालाहित छन।तर गएको महाधिबेसन बाट केहि संख्यामा युवाहरु चुनिएर आएकले काग्रेसबाट यसपाली भने नयाँ अनुहारले मन्त्री हुने अवसर बढी पाउने संभाबना छ । जसमा पटक पटक मन्त्री बनी सकेका हरुलाई मन्त्री बन्न ठुलै कसरत गर्नु पर्ने भएको छ । नयाँ अनुहारमा काग्रेस युवा नेता एवं सभासद चन्द्र  भण्डारी एक नम्बरमा रहेको स्रोतको दावी छ । भण्डारी काग्रेस भित्रका एक निष्ठावान नेता हुन् । देश र जनताको समस्या बुझेका उनी अवसर पाए उदारणीय काम गर्न सक्ने क्षमताको नेता भएको काग्रेसका एक बरिष्ठ नेताले बताए ।  कोइरालाहरुको पालामा जनता र पार्टी को कामलाई महत्व दिएकाले कहिल्यै पनि पदको लोभ गर्नु भएन अब त् अबसर पाउनु पर्छ भन्दै नेताहरुनै भण्डारीलाई मन्त्री बन्न सल्लाह दिईरहेका छन् . महाधिबेशनका बेला सहमहामन्त्रि वा प्रबक्ताको लोभ देखाईए पनि यति बेला पार्टी सभापतिलाई आंतरिक झमेला मिलाउन असजिलो भएकाले मन्त्रि पद दिएर मिलाउनु पर्ने देखिएको छ . उनिको  नाममा पौडेल र देउबा दुबै पक्षको बिरोध नहुने  कुरा देउबा पक्षका एक  विश्वासपत्रले नाम नभन्ने सर्तमा यो सम्बाददातालाई बताएका थिए ।

मन्त्रीहरुको नेतृत्व गरेर सरकारमा को जाने भन्ने कुराको चाहि काग्रेसले अझै टुंगो लगाउन सकेको छैन । खुम बहादुर, कृष्ण सिटौला र प्रकाशमानहरु पनि कसलाई मन्त्रि बनाउने भन्दै गोजी भरि नाम लिएर हिडेका छन् ।

उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति देउवाको तर्फबाट विमलेन्द्र निधी , चन्द्र भण्डारी, बालकृष्ण खाँण, रमेश लेखक, प्रकाशशरण महत ,फरमूल्लाह मन्सुर मन्त्री हुनेको सूचीमा रहेका छन् ।यि मध्ये निधीलाई देउवाले उपप्रधानसहित एक महत्वपूर्ण मन्त्रालय वा उपसभापति रोज्ने मौका दिएका छन् ।तर निधी भने दुवै पद पाउँ पाउनु अडान राखि रहेका छन् । यदि निधीले दुवै पदको दावा गरेको अवस्थामा देउवाले सिटौलाको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेको समेत बुझिन आएको छ ।

यता वरिष्ठ नेता पौडेलको तर्फबाट भने कोषाध्यक्ष सीता देवी यादव र शेखर कोइरालालाई मन्त्री मण्डमा सहभागी गराउने तयारी भईरहेको बुझिएको छ ।त्यस्तै खड्काले भने काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई मन्त्रीमण्डलमा पठाउने अन्तिम तयारी गरेको बुझिएको छ । यिनिहरुका अलावा अन्य चर्तित अनुहारमा महालक्ष्मी डिना,जीवन बहादुर शाही, राजीव विक्रम शाह, मानबहादुर वि.क.को समेत काग्रेसको तर्फबाट मन्त्री बन्नेको सूचीमा नाम रहेको छ ।

रात रहे अग्राख पलाउछ भने झैँ  के होला को होला भनेर हेर्न अझै केहि दिन कुर्नु पर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published.