Home > प्रमुख समाचार > कांग्रेस महाधिवेशनमा कुन कुन जनसम्पर्कसमितिले मान्यता पाए ?

कांग्रेस महाधिवेशनमा कुन कुन जनसम्पर्कसमितिले मान्यता पाए ?

लण्डनबाट लोक गुरुङ समूहलाई मान्यता -बिज्ञान प्रशाई गुटलाई ठुलो झट्का

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् ।

ती मध्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सदस्यता शुल्क नबुझाएका कारण महाधिवेशनमा भाग लिनबाट बन्चित गरिएको छ ।

भारत, अमेरीका, क्यानाडा, बेल्जीयम, स्पेन, डेनमार्क, बहराइन, यूएई, कोरिया, पोर्चुगल, मकाउ,जर्मनी, कतार, नेदरल्याण्ड, जापान, साउदी अरब, नर्वे, इटली, बेलायत, अष्ट्रेलिया, मलेशीया र ५०१ भन्दा कम क्रियाशिल सदस्यता बुझाउने देशमा क्यानाडा, बहराइन, साउदी र पोल्याण्डका नेपाली जनसम्पर्क समिति छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतबाट दोहोरो नामावली प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुरुप लोक गुरुङ समूहले ५२३ र चेतनाथ खनाल समूहले ५१६ जनाको सदस्यता पेश गरेका छन् । प्रतिवेदनमा नेपाली जनसम्पर्क समिति बेलायतबाट केन्द्रीय कार्यालयमा प्राप्त क्रियाशिल सदस्यता फारमको समस्या देखिएको सन्दर्भमा समिति समक्ष प्राप्त प्रमाण, कागज र अन्य श्रोतहरुबाट प्राप्त जानकारी समेतका आधारमा हाल सम्म नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसमिति लोक गुरुङकै अध्यक्षतामा बाहल रहेको र लोक गुरुङको अध्यक्षतामा गठित कार्यसमितिको विकल्पका रुपमा पार्टीले अन्यथा निर्णय नगरेको अवस्थामा नीजकै कार्यसमितिको बैधता रहेकोले नीजको कार्यसमितिबाट शिफारीश भएका क्रियाशिल सदस्यता फारम लगायतका विवरणहरुलाई स्वीकृत गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.