Home > Feature News > काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथयात्रा सुरु

काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथयात्रा सुरु

काठमाडौं, भदौ ३० ।

1473942834kumari-jatra-final-final काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथजात्रा विहीबारदेखि सुरु भएको भएको छ । जीवितदेवी कुमारी, देवता गणेश र भैरवको बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी सकेपछि रथजात्रा सुरु भएको हो । बसन्तपुरको कुमारी घरबाट सुरु भइ मरु, चिकं मुगल, न्हुःघ, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, भीमसेनस्थान हुँदै रथजात्रा कुमारी घरमा तानिन्छ । विगतमा कुमारीप्रथाको विरोध गर्ने विद्यादेवी भण्डारीले विहीबार राष्ट्रपतिको हैसियतले कुमारी रथजात्रा अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले सो अवसरमा जीवितदेवी कुमारी, देवता गणेश र भैरवको दर्शन गरी प्रसादसमेत ग्रहण गरेकी थिइन् । सो अवसरमा सभामुख, प्रधानन्यायाधीश, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखहरु र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै लाखे, पुलुकिसी, अष्टमातृका, आकासभैरव र किलागलमातृका नाचसमेत प्रदर्शन गरिएको थियो । हरेक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.