Home > अर्थ/व्यापार/पर्यटन > संचारकर्मी बगाले न्यु जिल्यान्डमा सम्म़ानित

संचारकर्मी बगाले न्यु जिल्यान्डमा सम्म़ानित

सुबाष नेपाली, काठमाडौँ । नेपालमा रहेर विकास पत्रकारिता गर्ने पत्रकार छविलाल बगाले न्युजिल्याण्डमा सम्मानित हुनु हुने भएको छ । न्युजिल्याण्डको पहिलो र एक मात्र नेपाली भाषाको अनलाइन पत्रिका एनजेड नेपालले हरेक बर्ष दिदै आएको ‘एनजेडनेपाल पत्रकारिता पुरस्कार’ यसपटक लमजुङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार बगालेलाई दिने घोषणा गरेको हो । परोपकारी पत्रकारितामा विश्वास गर्ने पत्रकारहरुको टिम द्वारा संचालित यो अनलाइनले दीन, दुखिहरुको सहयोगका लागि रकम संकलन गरि सम्बन्धित पिडित समक्ष् पुर्याउदै आएको छ. गत बर्ष लोक गायक भेडी खर्के बिरामी हुदा पनि पत्रकार छबिलाल बगाले ले एनजेडनेपाल डट कममा समाचार लेखे पछी र न्युज २४ मार्फत सहयोगको लागि आव्हन गरे पछी राम्रै रकम जम्मा भएको थियो भने चितवनका नर बहादुर देखि रोल्पाका हर्क ओली, तनहुका बिरे कामि लगाएत १७ जनालाई आर्थिक सहयोग गर्दै आएको कुरा यस एनलाइनका सम्पादक श्री केदार चापागाईले बताउनु भयो.
मोफसलमा बसेर आँफु कार्यरत संचारमाध्यमहरुमा निरन्तर रुपमा विकास निर्माण, जलविद्युतको विकास, सामाजिक परिवेश, पर्यटन, ब्यवसायिक कृषि, पशुपालन तथा दुरदराजमा रहेका आवाजविहिन जनताहरुको आवाजलाई समाचार बनाएर सम्बृद्ध मुलुक निर्माणमा सहयोग पुर्याएकाले बगालेलाई सम्मान गर्न लागिएको नेपाल न्युजिल्यान्ड न्युज सर्भिसेस प्रालीका संचालक एवं संरक्षक बुद्धिसागर घिमिरेले जानकारी दिनुभयो ।

नेपालकै पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार, न्युज ट्वान्टी फोर टेलिभिजन, घटना र बिचार र लमजुङ डेली डटकममा आबद्ध भई ब्यवसायिक पत्रकारिता गर्दै आउनुभएका बगालेले संचारमाध्यमको क्षेत्रबाट राष्ट्रलाई अतुलनिय योगदान पु¥याउनुभएको भन्दै पुरस्कारसहित सम्मान गर्न लागिएको समाचार संस्थाले जनाएको छ । प्रवासीहरुको माया र सहयोगबाट छोटो अवधीमै प्रख्याती कमाउन सफल भएको एनजेड नेपाल अनलाइन पत्रिकाले पत्रकार बगालेलाई ५० हजार राशीको पुरस्कार प्रदान गर्न लागेको हो ।
विगत ८ बर्षदेखि पत्रकारिता गर्दै आउनुभएका बगालेले लमजुङको मात्रै नभई छिमेकी जिल्ला मनाङको पर्यटन विकासमा समेत अतुलनिय योगदान पुर्याउनु भएको छ । उहाँले हरेक क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्नका लागि न्युजिल्यान्ड न्युज सर्भिसेस प्रालीद्धारा सञ्चालित एनजेड नेपालले सो पुरस्कारसहित सम्मान गर्न लागेको हो ।
गोरखाको बगुवा गाविस वडा नं. १ स्थायी घर भएका बगाले यसअघि राष्ट्रिय नागरिक सरोकार केन्द्र काठमान्डौ, शान्ति विकास अभियान नेपाल र नारी फाउनडेशन नेपालको संयुक्त आयोजनाबाट सम्मानित हुनुभएको थियो । यसका साथै सार्क राष्ट्रको नमुना पर्यटकिय गाउँ घलेगाउँ र रेडियो लमजुङ लगायतका संस्थाहरुले पनि सम्मान गरेका थिए ।
यसअघि एनजेड नेपाल पत्रकारिता पुरस्कार नेपालको संसद, संबिधान र सरकार बारे सबै भन्दा लामो समय खर्चेकाले बरिष्ठ पत्रकार ऋषि धमलालाई उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published.