Home > Feature News > कोर्क नेपाली समाजमा नयाँ नेतृत्व सम्हाल्दै टेक नारायण !

कोर्क नेपाली समाजमा नयाँ नेतृत्व सम्हाल्दै टेक नारायण !

Image may contain: 1 person, closeup

कोर्क नेपाली समाज आयरल्याण्ड को तेस्रो साधरण सभा तथा अधिवेशन आज भब्य रूपमा आयरल्याण्ड को कोर्क सहरमा सम्पन्न भयको छ। कोर्क सहरमा बस्नुहुने नेपालीहरूको संस्था कोर्क नेपाली समाज विषेस गरी नेपाली समुदाय लाई एकीकृत गरी नेपालको पहिचान दिलाउने तथा समाजका सदस्य हरुलाई आइपर्ने कठिनाई को समाधान गर्ने ऊद्द्स्यले सम्वत २०१० मा गठन भयको सामाजिक संस्था हो । सँस्था का अध्क्षय बसन्त न्यौपानेको अध्क्षयता मा सम्पन कर्यक्रमको संचालन, संस्था का महासचिव लोकनाथ त्रिपाठी ले गर्नु भयको थियो । उक्त अवसरमा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अध्क्षय तथा गैर आवासीय नेपाली संघ आयरल्याण्डका पूर्ब अध्क्षय तथा संस्था का सलाहकार शुक्रराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै संस्था को सुरवात देखी अहिले सम्म को प्रगतिको प्रंशसा गर्दै भबिस्यमा पनी सबै एकजुट भई नेपाल र नेपाली को पहिचान तथा नेपाल र नेपाली समाजको बिकाश एवं प्रगतिको लागी सधै लागिपर्नु हाम्रो कर्तब्य हुन आउछ भन्दै आयरल्याण्ड बासी नेपालीहरुलाई पर्ने हरेक समस्या समाधानका निम्ती आफू सधै तत्पर रहने कुरा बताउनु भयो । संस्थाको प्रगति र भयका गतिबिधिका बारेमा अध्यछ बसन्त न्यौपानेले प्रकाश पार्नु भएको थियो| आज सम्पन भेला ले एक महासचिव र एक सदस्य पछी थप्ने गरी श्री टेक नारायण पौडेल को नेतृत्वमा निम्न अनुसार को नया कार्य समिती चयन गरॆको छ । अधक्ष : टेक नरायण पौडेल, उपअध्क्षय : विजय साहनी, कोषाद्यक्ष : बसन्ती आले, उप सचिव : सीमा सुबेदी, सह कोषाद्यक्ष : कमल प्रसाद अधिकारी, महिला कोअर्डिनेटर : मिना त्रिपाठी ( न्यौपाने), युवा कोअर्डिनेटर: कृष्ण जी सी, बिधार्थी कोअर्डिनेटर:  ज्ञानु मगर, वेब कोअर्डिनेटर: युवराज खत्री, सदस्य : लोकनाथ त्रिपाठी, कृष्ण खत्री, आमन्त्रित सदस्यमा  : स्मीत्रि फ्रीसोने चयन भएको कुरा जानकारी भएको छ|

साथै उक्त भेलाले ३ सदसिय सल्लाहकार समिति समेत गठन गरेको छ| सल्लाहकार समितिमा सुक्रराज न्यौपाने , बसन्त न्यौपाने र धन बहादुर खत्री रहनु भएको छ|

 

Image may contain: 5 people, people standing and outdoor

Leave a Reply

Your email address will not be published.