Home > विविध > क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

paras cricketकाठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ ।

१९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कारबाही हो ।

आइसीसीले सोमबार सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाली क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो । विवाद समाधान नगरेसम्म भन्दै आइसीसीले क्यानमाथि निलम्बन निर्णय गर्दा अन्तर्राष्ट्रिय सहभागिता भने नरोक्ने प्रस्ट पारेको छ ।

लामोसमयदेखि आन्तरिक विवाद, अपारदर्शिता, कुशासन र सरकारी हस्तक्षेप स्वीकार्दै आएको नेपाली क्रिकेटमा आइसीसीको निलम्बनपछि सुस्त गतिमा चल्दै आएको घरेलु गतिविधि पुरै ठप्प हुने भएको छ ।

तर विवादका सवै पक्षले समाधानका लागि आफू हदैसम्म लचकता अपनाउन तयार रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशवकुमार विष्टले समानान्तर रुपमा अस्तित्वमा रहेका दुई संघलाई एक बनाउन सके आईसीसीले निलम्बन फुकुवा गर्ने आश्वावसन दिएको बताएका छन् । त्यसका लागि आफूले पहल गरिरहेको उनले बताए ।

राखेपको सहमतिबिना भएको निर्वाचनबाट चतुरबहादुर चन्दको अध्यक्षतामा मंसिर २९ मा क्यानको कार्यसमिति चुनिएको थियो ।

त्यसलाई मान्यता नदिएको राखेपले पुस २४ मा तीन महिनाभित्र चुनाव गर्ने म्यान्डेटसहित रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बानाएपछि लामोसमयदेखिको क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो । तदर्थ समिति बनाएको चार दिनपछि चन्द पक्षले सर्वोच्च अदालतमा दयर गरेको मुद्दा विचाराधिन अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published.