Home > Feature News > गणेश प्रसाइ आयरल्याण्डका लागि पर्यटन दुतमा नियुक्त

गणेश प्रसाइ आयरल्याण्डका लागि पर्यटन दुतमा नियुक्त

१५ मार्च, आयरल्याण्ड ।

17309780_10158380527075634_2176644403742127942_nनेपाल पर्यटन बोर्डले आयरल्याण्डमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा बुधवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष,बर्तमान सल्लाहकार तथा सफल व्यवसायी गणेश प्रसाइ लाई पर्यटन दूत नियूक्त गरेको हो। पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा आयरल्याण्डमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भूमिका हुने छ।

17321345_1433017726756149_1434610986_nझापाको धुलाबारीमा जन्मनुभएका प्रसाइ विगत १८ बर्ष देखी आयरल्याण्डमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न हुनुहुन्छ । प्रसाइले पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको जनाउनुभयो । उहाँले आयरल्याण्डमा बसेर नेपालको पर्यटनको प्रर्वधनको लागि सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच नव नियुक्त दुत प्रसाईलाइ गैर आवासीय नपाली अधिकार कर्मी अगुवाहरुले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ । जर्मनीका लागि नपाली पर्यटन दुत सन्तोस भट्टराई र बेलायतमा रहदै आउनु भएका सुबास पोखरेलले पनि सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ ।305753_263001560397073_596697067_n

Leave a Reply

Your email address will not be published.