Home > छापामा > ’गरिबका पेटमा लात नहान’

’गरिबका पेटमा लात नहान’

वीरगन्ज । चर्को भाडा लिएर यात्रु ओसार्ने मोटरसाइकल, टेम्पु र सिटी सफारीलाई निर्बाध रूपमा चल्न दिएका मधेसका आन्दोलनकारीले रिक्सा चलाउन नदिएर विभेद गरेको रिक्सा चालकहरूको गुनासो छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

मधेस केन्द्रित दलहरूको लगातार आन्दोलन र बन्दले दैनिक रिक्सा चलाएर गुजारा चलाउने आफूहरूलाई सबैभन्दा बढी सास्ती दिएको बताउँदै उनीहरू विरोधमा ओर्लिएका छन्।‘आन्दोलनकारीले जो होचो उसकै मुखमा घोचो भनेजस्तै व्यवहार गरे।

‘हामी गरिबको पेटमा लात हान्ने काम गरे’, रिक्साचालक सुनिल सोनारले भने, ‘हामी गरिब मान्छे हौं, हडतालमा जसोतसो गरेर बालबच्चाको पेट पालिरहेका छौं, यो पनि आन्दोलनकारीले देखिसहेनन्।’ अर्का रिक्साचालक छोटु रौनियारले पनि रिक्सा चलाउन नदिएर बेकारमा आफूहरूलाई दुःख दिइएको बताए।

उनले भने, ‘टेम्पु, सिटी सफारी र मोटरसाइकलवालाले मनलाग्दी भाडा लिएर यात्रु ओसारिरहेका छन्। उनीहरूलाई आन्दोलनकारीले रोकेका छैनन्।’ उनका अनुसार वीरगन्जबाट सिमरासम्म मोटरसाइकलमा एकजना लगिदिएबापत चार सयदेखि पाँच सय रुपैयाँसम्म लिन्छन्। उनले भने, ‘उनीहरूलाई आन्दोलनकारीले रोकेका छैनन् तर हामीलाई नचलाऊ भनेर बेकाममा दुःखमात्र दिइरहेका छन्।’

 

Leave a Reply

Your email address will not be published.