Home > Feature News > गाँठो फुकाउने कसरतमा पौडेल, प्रस्ताव दुवै पक्षका लागि सकरात्मक

गाँठो फुकाउने कसरतमा पौडेल, प्रस्ताव दुवै पक्षका लागि सकरात्मक

काठमाडौं, साउन ७  –

g]sf kf}8]n kqsf/;dIf Joj:yflksf ;+;bsf] a}7s :ylutkl5 aflxl/g] qmddf ;~rf/sdL{;Fu s'/f ub}{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;
g]sf kf}8]n kqsf/;dIf
Joj:yflksf ;+;bsf] a}7s :ylutkl5 aflxl/g] qmddf ;~rf/sdL{;Fu s’/f ub}{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;

संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावमाथि पहिला छलफल गर्ने कि आश्रित विधेयक प्रस्तुत गर्ने भन्ने विषयमा परेको गाँठो फुकाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमै सहमतिको प्रस्ताव गर्नुभएको छ ।

सत्तारुढ दल आश्रित विधेयक पहिला पारित गर्नुपर्ने अडानमा छन् भने कांग्रेस माओवादीले अविश्वासको टुंगो पहिला लगाउनुपर्ने बताइरहेका छन् । कार्यसूची विवाद हल गर्न बिहीबार बिहानैदेखि बसेको शीर्ष नेताको बैठकले कुनै निकास दिन नसकेपछि पौडेलले विधेयक पारित गर्नेदेखि संविधान कार्यान्वयन गर्नेसम्म सबै विषयमा प्याकेज सहमति खोज्ने प्रस्ताव राख्नुभएको हो।

पौडेलको प्रस्तावअनुसार दलहरुको सहमतिमै बजेटका आश्रित विधेयक पारित गर्ने, कांग्रेस माओवादीले दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने, एजेण्डा मिल्ने दल मिलेर सरकार बनाउने र संविधान कार्यान्वायका लागि साझा एजेण्डा तय गर्ने रहेको छ ।

पौडेलको प्रस्ताव दुवै पक्षका लागि सकरात्मक

पौडेलको प्रस्तावलाई दुवै पक्षका नेता सकारात्मक भन्दै आन्तरिक छलफल गरेर शुक्रबार १२ बजे फेरि छलफल गर्ने समझदारी गरेका छन् ।

कार्यसूचीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले तीन ठूला दलका शीर्ष नेतासँग बिहीबार बिहान र दिउँसो लगातार छलफल गरे पनि उपब्धि हुन सकेन । असार २९ र ३१ गतेको कार्यसूचीमा परेका आश्रित विधेयक आफूसँग परार्मश नै नगरी हटाएको भन्दै शीर्ष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखसँग कडा असहमति जनाउनुभएको थियो ।

कार्यसूचीका विषयमा दलहरु आफ्नो अडानमा टसकामस नभएपछि ११ बजेका लागि बोलाइएको बैठक २ बजे सारियो । तर ४ बजेसम्म पनि कुनै सहमति नभएपछि बैठक बस्दै नबसी शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित गर्न कांग्रेस, माओवादी र मधेस केन्द्रित दलका सांसद बिहानै संसद भवन पुगे पनि साँझ मात्र फर्किएका थिए । एमाले पनि आफ्नो सहमति बेगर अविश्वासको प्रस्ताव पेश भए प्रतिवाद गर्ने तयारी गरेको थियो ।

प्याकेजमै सहमति खोज्ने प्रस्ताव सकारात्मक भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो । प्याकेजमै सहमति खोज्ने प्रस्तावमाथि छलफल गर्न सबै दल सहमत भए पनि यसबाट निकास निस्कन गाह्रो छ । किनकी प्याकेज सहमति भित्र दलहरुको आआफ्नो रणनीति लुकेका छन् ।

Leave a Reply

Your email address will not be published.