Home > भिडियो > गीतकार प्रकाश क्षणिकको रचनामा अर्को मर्मस्पर्शी गीत बजारमा

गीतकार प्रकाश क्षणिकको रचनामा अर्को मर्मस्पर्शी गीत बजारमा

बिकाश भट्टराई / काठमाडौँ 

prakash shresthaगीतकार प्रकाश क्षणिकले रचनामा रहेको  तिमीले फर्किएर नरोउ भनी दिए, अझै म कति रोई दिन्थे होला भन्ने गीत अहिले चर्चित बनेको छ ।  सरोज साजन श्रेष्ठको स्वरमा सझीएको यस गीतको संगीत भर्ने काम , ईश्वर मागियाले गरेका छन् ।

भक्खर भक्खर बिबाह गरेका श्रीमान्-श्रीमतीको मायामा हुने  संकालाई यो गीतले देखाएको छ । साथै यो गीतको भिडियो  बिगत ८ बर्ष देखि साईप्रसमाबिद्यार्थी जीवन बिताउँदै आएका म्याग्दी, राखु गाबिस, ९ का २७ बर्षिय बीरन पुनले तयार परेका हुन् ।

उनले आफ्नै गाउँ राखुमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा आँखा कम देख्ने १८ जना बिद्यार्थीहरु रहेको र उनीहरुलाई सहयोगको खाँचो रहेको भन्दै  भिडियो मार्फत सन्देश दिने कोशिस गरेका छन् ।

बर्ष गाँठ, जन्मदिन वा खुशीयाली मनाएर रकम खर्च गर्नु भन्दा बिद्यालयलाई सहयोग गर्यो भने ठुलो सेबा हुन्छ भन्ने सन्देश दिन खोजेको यस गीतका रचनाकार प्रकाश क्षणिक  बताउँछन्।

Leave a Reply

Your email address will not be published.