Home > Feature News > चितवन समाज आयरल्याण्डको अध्यक्ष्यमा ओली

चितवन समाज आयरल्याण्डको अध्यक्ष्यमा ओली

मुकुन्द भुसाल ।
१७ फाल्गुण,आयरल्याण्ड ।
image-0-02-05-35902e57640fbdeef661de5c41ea393dabc2438ad5ac27945fab5c47b4646817-V
राजधानि डब्लिनमा सम्पन्न चितवन समाज आयरल्याण्डको प्रथम अधिवेसनले चेतराज ओलीको अध्यक्ष्यतामा ११ सदस्यिय कार्यसमिती चयन गरेको छ । चितवन मुल घर भएर हाल आयरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको एक भेलाले सोमबार नयाँ नेत्त्रित्व चुनेको हो । नव निर्बाचित कार्यसमिती उपाध्यक्ष्यमा शिव थापा रहनु भएको छ भने महासचिवमा बिबेक राज सापकोटा रहनु भएको छ । त्यसै गरी कोसाध्यक्ष्यमा होमनाथ पोखरेल, सह-कोसाध्यक्ष्यमा भरत सुबेदी र सचिवमा सुलभ खत्रीका साथै सदस्यहरुमा ओम अधिकारि, अन्तिम उप्रेती, राज कुमार सुबेदी, दिपक ढकाल र केशव छेत्री सर्वसम्मत चयन हुनु भएको हो ।
image-0-02-05-137e23b24ecc4ae4923fd28f343692e368851a8c899e78c39529d8763ca6a315-V
तदर्थ समिती संयोजक ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन आयरल्याण्डका अध्यक्ष्य राजन काफ्ले, एनआरएन एनसिसी सदस्य तथा समाजका सल्लाहकार गंगा राम कंडेल, एनआरएन आयरल्याण्डका पूर्व अध्यक्ष्य गणेश प्रसाइ, एनआरएन आयरल्याण्डका सल्लाहकार तथा नेपाल आयरल्याण्ड डट कमका प्रकाशक नवराज कोईराला हेल्प नेपाल नेटवर्कका संयोजक सागर लामा, त्यस्तै चिन्तामणी सापकोटा लगाएतले निर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।
यसैबिच, अध्यक्ष्य ओलीले एक विग्यप्ती जारी गर्दै अधिवेसन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुका साथै आयरल्याण्डमा रहेका सबै खाले संघ संस्थाहरु सँग हातेमालो गरेर अगाढी बढ्न आँफुहरु सधैं खुला रहने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.