Home > Feature News > चुलिदै बिबाद; देउवालाई बारको समर्थन

चुलिदै बिबाद; देउवालाई बारको समर्थन

nepal-bar

३२ जेठ् , काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस प्रकरणमा राजनीति घुसेपछि विवाद पेचिलो बन्दै गएको छ ।

कांग्रेस र एमालेको शक्ति संघर्षका कारण सुरु भएको विवादमा सर्वोच्चसँगै नेपाल बार एशोसिएन पनि मुछिएको छ । सर्वोच्चको पछिल्लो अभिव्यक्तिलाई लिएर बार बोलेको छ र कांग्रेस भर्सेज एमाले जस्तै सर्वोच्च भर्सेज बार जस्तै देखिएको छ ।

बारका महासचिव खम्बबहादु खातीले सोमबार जारी गरेको विज्ञप्तिमा सर्वोच्चमाथि प्रश्न उठाएका छन् । न्यायपालिकाको गरिमामा आँच आउने खालका टिकाटिप्पणी कतैबाट आउन नहुने भन्दै विज्ञप्तिमा भनिएको छ, अदालतले पनि प्रक्रिया र पद्धति मिचेको कुरा कतैबाट उठ्छ भने त्यसविरुद्ध अमुक राजनीतिक दल र त्यसका नेतालाई लक्षित गरी हतारमा वक्तव्यबाजी गरिहाल्नु भन्दा पद्धति स्थापित गर्नुपर्ने हुन्छ ।’

सर्वोच्चका न्यायाधीशमा सिफारिस भएकाहरुविरुद्ध परेको रिटमा सुनुवाइ नभएको भन्दै देउवाले प्रश्न उठाएका थिए । त्यसको जवाफमा सर्वोच्चले कसैको नलिई भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकुल नबोल्न चेतावनी दिएको थियो ।

तर, कांग्रेस निकटवर्ती कानुन व्यवसायीहरुको बाहुल्यता रहेको बारले देउवाको समर्थन गर्दै विज्ञप्ति निकालेको छ ।

अदालतको फैसला बाध्यकारी हुने भन्दैमा अदालती प्रक्रिया र पद्धतिबारे प्रश्न उठाउन पाइँदैन भन्नु जनउत्तरदायी शासनको मर्म विपरित हुने बार एशोसिएनले बताएको छ ।

साथै उसले आफ्नो र सरकारको प्रतिनिधित्व नभएको अवस्थामा न्याय परिषदले गरेको न्यायाधीश सिफारिसविरुद्ध प्रश्न उठ्नु स्वभाविक भएको जनाएको छ । र, उसले यसलाई आफूविरुद्ध बोलेको नठान्न सर्वोच्चलाई भनेको छ ।

 

Leave a Reply

Your email address will not be published.