Home > अनौठो संसार > ‘छोरा कतार पठाउँदाको ऋण बाख्राले तिर्दै’

‘छोरा कतार पठाउँदाको ऋण बाख्राले तिर्दै’

झापा शिवसताक्षी ७ सृजना टोलकी प्रतिमा बजगार्इँको दुखका कथा सुन्ने हो भने आङ सिरिङ्ग नहुने मानिस सायदै नहोलान् ।  विपन्न परिवारमा हुर्किएकी प्रतिमाका काँधमा परिवारको गुजारा गर्नुको विकल्प मात्र थिएन भाइ बहिनीलाई साँवा अक्षर चिनाउनु पनि थियो  ।
पैसाका लागि जतिवेला उनि बैदेशिक रोजगारमा गईन् त्यहिवेला देखि उनका उज्यालोको दिन समाप्त हुदैँ  गए । कारण थियो काम अनुसारको दाम नपाउनु ।   प्रतिमा १५ वर्षकै हुदा उनका वुवा नविनकान्त रोक्काको निधन भयो ।
प्रतिमा मुनिका ५ जना भाइ बहिनीको शिक्षाको जिम्मा उनका काँधमा आयो । आफुले चाहेर पनि पढ्न नपाउदाको पिढा सुनाउँदै उनले भनिन् मैले पढ्न नपाएर के भो र म मुनिका भाई बहिनिलाई पढाईहाल्छु नि भन्दै चित्त बुझाएको उनले सुनाईन ।
०५९ सालमा उनि पहिलो पटक वैदेशिक रोजगारका लागि कुवेत गईन । दलालले उनिसँग कुवेती ७० केडि दिने सम्झौता गरेको थियो । तर दलालले सम्झौता गरे अनुसारको पैसा नदिएको उनको गुनासो छ । ‘मलाई हाउस मेकको रुपमा लगिएको थियो,’ उनले भनिन् ‘काम घरकै गरे तर सम्झौताको आधा केडि मात्र साहुले दियो ।’ त्यो भनेको ३५ केडि मात्र हो ।’ उनले भनिन,  ‘नलिउ भने त्यै गुम्ने भन्ने डर लिउ भने समस्यै समस्याले जकडिएको घर । ‘
उनका सवै सपना वैदेशिक रोजगारका दलालले चकनाचुर  बनाई दिए उनले भनिन् भाई वहिनी पढाएर ठूलो मान्छे बनाउने सपना सिमित रहे ।  ६ महिमा पछि नेपालका दलाललाई पटक पटक अनुनय विनय गर्दा उनि कुवेतमै मार्केटिङ को काम गर्न थालिन ।
त्यहाँपनि सोचे अनुसारको दाम नपाएपछि घर आएर दुवई गएको उनले सुनाईन । दुवईमा पनि मैले साढे ३ वर्ष काम गरे तर कुनै दिन पैसाको सन्तुष्ट पाईन । उनि दुवईमा हुदै झापाको साहारा नेपाल चारपानेले साईनो हाम्रो साहारा कार्यक्रम अन्तर्गत वाख्रा उपहार दिएर महिलाको आयआर्जनमा सहयोग गर्ने गरेको समाचार सुनेकी रहेछिन ।
‘जहाँ गएपनि जिवनमा ठक्कर नै ठक्कर भएपछि म नेपाल फर्किए। साढे नौ वर्षको विदेशको कमाईले मैले घरको चुल्हो बाल्ने र भाई बहिनीलाई अक्षर सम्म चिनाउने काम गरे,’ उनले भनिन, । बाख्रा बेचेर विदेश जादाँ लागेको ऋण तिरेकाे उनले बताइन।
श्रीमानकै प्रेरणाले सहारा नेपाल चारपानेको साईनो हाम्रो साहारा कार्यक्रममा हात हालिन । सहारा नेपालले दिएको एक वर्षे बिना ब्याजको पैसाले उनले ५ वटा माउ बाख्रा खरिद गरिन् । साईनो हाम्रो सहारा नामको उक्त कार्यक्रमले प्रतिमालाई ५० हजार नगद दिएको थियो । एक वर्षपछि साँवा फिर्ता उनले गरिन । अहिले पनि उनका खोरमा १३ वटा बाख्रा, बोका र पाठा पाठी छन। उनका अनुसार एक वर्षमा सहाराको पैसा फिर्ता गरेर पनि १ लाख वढीको पाठा वेचे अनि १३ वटा त अझै खोरमा छन ।
विदेशको कमाईलाई उनले पाख्रा पालन व्यवसायसँग तुलना गर्दे भनिन् विपन्न वर्ग र निमुखाले विदेश गएर काम गरेर पैसा कमाउछु भन्ने नसोचेपनि हुदो रहेछ । दलाल र मेनपावरको चाकडी गर्ने कहिल्यै पैसा कमाउन सक्छन नत्र ऋण थुपार्नु मात्रै हो ।
हुन पनि उनकै छिमेकी लिलाकुमार खतिवडाले डेढवर्ष अघि छोरा छविलाललाई कतार पढाए । ‘छोरा पठाउँदाको ऋण अहिले उनका खोरका बाख्राले तिर्दैछ । एकलाख १० हजार ऋण थियो’ लिलाकुमारले भने ‘छोराको कमाईले ऋण नतिरेपछि साईनो हाम्रो साहाराका बाख्राले विदेश गएकाको ऋण तिर्दैछ ।’
छविलालकी श्रीमति डम्बरकुमारीले सहारा नेपाल बाट एक वर्ष अघि ५० हजार कर्जा लिएकी थिईन । सो पैसाबाट उनले ६ माउ बाख्रा किनिन र पाल्न थालिन । उनका खोरमा अहिले पनि २४ वटा बाख्रा छन भने यस अघि नै ९० हजारको बोका बेचिन् । ‘कतारमा रहेको छोरालाई घर बोलाउने तरखर गर्दैछु, उनले भने, ‘छोरा आयो भने व्यवसायिक हिसावले बाख्रा पालन गरिन्छ ।’
बजगाईँ र खतिवडा त पात्र मात्र हुन । शिवसताक्षी नगरको ७ नम्बर वडाको सृजना टोल त बाख्राले नै सुधारेको गाँउ हो । सो गाउँमा २८ घरले सहारा नेपालको साईनो हाम्रो सहारा नामक कार्यक्रमबाट बाख्रा पालन गरिरहेका छन । जग्गाका नाममा धुर नहुनेको कठ्ठा र कठ्ठा नहुनेको विघा भयो स्थानीय शिक्षक प्रकाश कडरिया भन्छन् ‘गाउँको मुहार सहारा नेपालको साईनाले चम्काईदियो ।’
बाख्रा नपाल्ने गाउँमा मानिस नै छैनन् । यता सहारा नेपालकी कार्यकारी उपाध्यक्ष पवित्रा सुव्बाले शिवसताक्षी नगरमा मात्र ६ सय महिलालाई संस्थाले बाख्रा उपहार दिएको बताईन । १ करोड रुपैयाँ एक वर्षका लागि संस्थाले विनाव्याज वाख्रा पालनका लागि दिएको छ ।

प्रकाशित मिति: सोमबार, पौष १८

News source:Setopati

Leave a Reply

Your email address will not be published.