Home > आयरल्याण्ड > जलिरहेको देश र टालटुले कूटनीति

जलिरहेको देश र टालटुले कूटनीति

नरेन्दराज पौडेल – “सानो गल्तीमा पनि बारम्बार दुःख दिने शत्रुहरु सदासर्वदा बाँचीरहुन, जसले मलाई सन्मार्गमा चल्ने बाटो देखाइरहनेछन । ”
महाभारतको कुनै एक प्रसङ्गमा युधिष्ठिरले भनेका थिए । मध्ययुगीन शक्तिशाली राजारजौटाहरुकोलागि त्यो कुरा सत्य पनि होला । तर पल्लो गोठको अर्नाले ओल्लो गोठको बाच्छालाई तीखा सिङ उज्याएर बारम्बारदपेटीरह्यो भने त्यसबाट उत्पन्न विपद र विवसता पक्कै पनि असह्य र कारुणाजनक हुन्छ  । त्यस्तो परपीडनबाट आपूmले पाउने सुधारको पाठभन्दा भौतिक क्षति र मानसिक तनाव नै प्रवल रहन्छ । अहिले आएर नेपालको स्थिति ठिक त्यही बाच्छाकोजस्तै बन्न पुगेको छ ।

छिमेकी मित्रको पगरीधारी तथाकथित बडेभाइले वारम्वार दादागिरी देखाउँदै नेपाललाई दुःख दिँदै आएको व्यथा पुरानै भएपनि हालको व्यवहारबाट सम्पूर्ण राष्ट्भक्त नेपाली हदैसम्म कुण्ठित बनेका छन । ठोरी सुस्ता कालापानी लिपुलेक पशुपतिनगर लगायत नेपाली भूमिमाथि भएका अतिकमणदेखि दशगजा पारिवाट नेपाली यात्रु र व्यापारीमाथि लूटपाट कूटपीट र थिचोमिचोका घटना दैनिकजसो भैआएकै थिए । कतिपय ठाउँमा नेपाली सुरक्षाकर्मीलाई अपहरण गरी सीमापार पु¥याएर शारीरिक यातना दिनुका साथै हतियारसमेत लुटेका घटना ताजै छन । ती सब चल्दाचल्दै पनि नेपालकोलागि भारत अनन्य मित्रराष्ट नै रहीआएको थियो । तर हाल आएर भएको सीमाक्षेत्रको लामो नाकाबन्दीले भने आमनेपालीको धारणा परिवर्तित भएको छ । प्रत्येक तह र क्षेत्रको नेपाली जीवन झनझन सकसपूर्ण बनेको छ । खासगरी भूकम्पपीडित, बालवालिका, बिरामी, दुर्घटनाका घाइतेको अवस्था अत्यन्तै कारुणिक रहेको छ । साथै व्यापारी उद्योगपति किसान मजदूर विद्यार्थी पनि लिँडिबुच्चि सताइएर अभूतपूर्व रुपमा मर्माहत भएका छन ।

नेपाली जनताको लामो संघर्ष अनि वलिदानबाट पाप्त गणतन्त्र नेपालको नयाँ संविधान लागू हुनेवित्तिकै छिमेकीको गैरकानूनी नाकाबन्दीबाट सासै फेर्न पनि यति गारो पर्ला भन्ने शायद कुनै पनि नेपालीले शोचेकै थिएन । तर भूपरिवेष्ठित भौगोलिक अवस्था र देशको नेतृत्व गर्ने बर्गको निकम्मा प्रवृत्तिले दुर्नियतिको जहर चखायो । पौरखको रगतपसिना बगाएर पुर्खाले आर्जन गरिदिएको शान्त सुन्दर रमणीय देशलाई सन्तोषले भोगचलन गरेर अमनचैनले जीवन गुजारा गर्न वर्तमान पिँडीका नेपालीहरुले पाएनन । प्रजातन्त्रको पैसठ्ठी बर्षसम्म पनि आत्मनिर्भरताको क्षेत्रमा कुनै ठोस कदम नचालिनु नेपाली राजनीतिको घोर अकर्मण्यता हो भने आधुनिकताको मोडल र गति दिएर देश चलाउन सक्ने निःस्वार्थ स्वाभिमानी कर्मठ नायकको निरन्तर खडेरी पर्नु पनि यो शताब्दीकै अर्को महान त्रासदी हो ।

पटकपटक भएका विगतका नाकाबरुन्दीहरुबाट पाठ सिकेर तेस्रो मुलुकसंगको सहयोग र सहकार्यकोनिम्ति विगतका सरकारहरुबाट कुनै पहल नहुनुले छिमेकीको हस्तक्षेपकारी मनोवृत्तिलाई झनझन प्रोत्साहन मिलेको छ । हुँदाहुँदै अहिले आएर अन्तरराष्टिय फोरमहरुमासमेत नेपालको स्वर झनझन झिनो बन्दैजानु र छिमेकीको दादागिरी झन बढदैजानुले नेपाली मानसिकता दमित र आकेशित बनेको छ । नयाँ आएको गणतन्त्रलाई मलजलगरी जगेर्ना गर्ने उत्साह र आत्मविस्वासमा तुषारापात भएको छ । चालू योजना, परियोजना उद्योग कलकारखना ठप्प भएर देश निर्माण गर्ने  इच्छाशक्ति र साहसमा स्खलन आएको छ।

एकतन्त्रीय राणाशासनपछि यतिका वर्षसम्म आत्मनिर्भरताको लागि ठोस पहल नहुँनुले विगतका नेतृत्व वर्गप्रति तिरस्कारको भावना उर्लिएको छ । दक्षिणको  छिमेकी बाहेक तेस्रो मुलूकसंगको सहज पहूँच र व्यापार विस्तार गर्ने क्षेत्रमा भरपर्दौ व्यवस्था नगरी कानमा तेल हालेर पहारमा बस्नु नेपाली नेतृत्वको हदैसम्मको छेपारेप्रवृत्ति हो,जसको परिणामले आज नेपालको सार्वभौमिकता र अखण्डतामाथि नै आँच आएको अनुभव हुन थालेको छ  ।

यतिवेर आएर सवैतिर आपतविपदको कंकालमात्र देखिन थालेपछि पनि आवश्यक कूटनीतिक र राजनीतिक पहलकदमी थालिएको छैन । केवल चीनकालागि पठाइएका राजदूतलेमात्र केही महत्वपूर्ण काम गर्दैआएका छन । उनीबाहेक वाङगलादेश, म्यानमार, पाकिस्तान, श्रीलंकालगायतका राजदूतहरुले आपूm कार्यरत देशका सरकारहरुलाई नेपालको वर्तमान अवस्थाको जानकारी गराएर सदभाव र सहयोग जुटाएको देखिँदैन । भारतद्वारा गरिएको नाकावन्दी विरुद्ध अन्तरराष्टिय सभा फोरमहरुमा आबाज उठाइदिने गरी कुनै किसिमले ती ती देशका सरकारहरुलाई विश्वासमा लिन सकेको देखिन्न । विदेशमा रहेका नेपाली राजदूतहरुले गरीव जनताको करमा सरसुविधा लिने र सित्तै मानो पचाएर आराम गरीबस्ने काममात्र गरेका छन । एउटा विग ब्रदरले अर्को सहयात्रीको घाँटी समातेर रिँगाउँदा अरु छिमेकीहरु टुलुटुलु हेरीबस्ने अवस्था आउनमा नेपाली प्रतिनिधीहरुको अकर्मण्यताकै परिणाम हो । देशले प्रतिनिधिकोरुपमा पठाएको कूटनीतिक पदाधिकारीहरुले नै आफ्नो देशको कठिनाइ र छिमेकीबाट भएका नाजायज हस्तक्षेप र अघोषित नाकाबन्दी जस्ता घटनाको विस्तृत जानकारी गराउनुपर्ने हो ।

छिमेकीबाट भएका अन्तरराष्ट्रिय कानून तथा अभिसन्धि विरुद्धको थिचोमिचो र हस्तक्षेपका घटनाहरुको सविस्तार जानकारी गराउनु पर्ने काम राजदूतहरुले नै गर्नुपर्ने हो । आसियान र सार्क मुलूकहरुमा कार्यरत राजदूतहरुबाट सम्बन्धित देशका अधिकारकर्मी ,पत्रकार, बुद्धिजीविहरु भेला गराएर संवाद अन्तक्र्रिया र छलफल गर्दै आफनो देशमा भएको भारतीय हस्तक्षेपविरुद्ध जनमत तयार गर्ने कार्य कहिँ कतै भएको पाइँदैन ।

केही दिनअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि भारतीय प्रधान मन्त्रीकै स्वरमा स्वर मिलाएर नेपालमा जारी संविधानलाई आलोचनात्मक टिप्पणीयुक्त वक्तव्यवाजी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको धृष्टता देखाए । वेलायतजस्तो दुइ सय बर्ष अघिदेखि दौत्यसम्वन्ध रहीआएको देशका सरकारप्रमुखबाट यस किसिमको व्यवहारको अपेक्षा त के नेपालीहरुले कल्पना पनि गरेका थिएनन । इतिहासका अनेकन कालखण्डमा रगत पसिना बगाएर ब्रीटिश शेनाको शिर उच्च राखीआएका नेपालीहरुप्रति यति छुच्चो र ठालूबादी व्यवहारको अपेक्षा थिएन । तर हुनगयो यस्तै । नेपाली जनताका प्रतिनिधिले आफ्नै बलबूता र निर्णयमा जारी गरेको समावेशी संविधानप्रति शत्रुवत व्यवहार गर्ने नरेन्द्र मोदीसंग क्यामरुनले पनि स्वर मिलाउनुमा नेपाली कूटनीतिको अत्यन्त कमजोर सम्पर्कशैलीको परिणाम हो ।

बेलायतस्थित नेपाली राजदूतको पङ्गु र निकम्मा प्रवृत्तिलाई जति दोष दिएपनि कम हुन्छ । कूटनितिक क्षेत्रमा सामान्य जानकारीसमेत न भएका व्यक्तिहरुलाई राजनितिक भागबण्डाको आधारमा राजदूत नियुक्त गर्ने परम्परा पनि कम दोषी छैन । तर यसमा सुधार गर्नेतर्फ कुनै पार्टी र नेतृत्व तह भने अझै पनि तयार देखिँदैन । भारतले गरेको अघोषित नाकावन्दीले नेपाली जनतामाथि अत्याचार भएको विषय बेलायतस्थित नेपाली राजदूतावासलाई थाहा थिएन ? बेलायतमा विभिन्न पेशा व्यवसाय गरी बसेका नेपाली समुदायले नेपालप्रति हार्दिक माया र गम्भीर चासो देखाएर विशाल प्रदर्शन गरे । तर राजदूतावास भने प्रधानमन्त्री समक्ष आप्mनो देशको यथार्थ स्थिति प्रस्तुत गर्नसमेत किन सक्रिय भएन ? अघोषित नाकाबन्दी लगाएर अन्तरराष्ट्रिय थुपै्र अभिसन्धि, संझौता र कानूनहरुको उल्लङघन गर्ने छिमेकका प्रधानमन्त्री आउँदैछन भनेपछि नेपालवारे केही खुराफाती हुनसक्छ भन्ने अनुमान गर्नुपर्ने होइन र ? अखिर नेपाली पदाधिकारीको दिमागमा किन त्यति बुद्धि फिर्न सकेन ? बारम्बार दोहोरिने यस्ता घटनाले विदेशका महँगा राजधानीहरुमा राजदूत नामक प्राणिलाई दानापानी हालेर किन राख्ने भन्ने प्रश्न पनि अगाडि आउँछ । पुस्तक चोरीमा चर्चित भएका ,ब्लडमोनी खाएर वदनाम भएका , नेपाली राजदूतावासको सम्पत्ति कौडीको भाउमा बेचेर व्यक्तिगत स्वार्थ पूर्तिगर्ने बाटो हेरी बसेका , आपूm राजदूत भएको देशलाई खुला बन्दीगृहको संज्ञा दिएर चर्चामा आएका राजदूतहरुकोमात्र नाम सुनिँदै आएको छ किन ?

अमेरिकामा रहेका नेपाली समुदायले पनि भारतीय नाकाबन्दीविरुद्ध संयुक्तराष्टसंघ सचिवालयअगाडि नारा प्लेकार्ड सहित बृहत प्रदर्शन गरेर नेपालको स्वर वुलन्द गरेका थिए । तर साधारण वासिन्दाहरु र व्यवसायी नरनारीवाट हुने यस्तो प्रदर्शनले नैतिक दबाब दिने बाहेक सम्वन्धित सरकारहरुलाई पर्याप्त दवाव पुग्न सक्तैन । तैपनि यसैको परिणाम महासचिव बान्की मूनले भारतीय नाकाबन्दीले खडा गरेको मानवीय समस्या निराकरणको खुलेरै आग्रह गरेका छन । त्यस्तै संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि पठाउनुको अर्थ पनि विश्वको राजनीतिक रङ्गमञ्चमा आफ्नो पहूँच कायम गरेर देशको समस्या विश्वसमुदाय समक्ष राख्नु हो । तर यसकालागि ती प्रतिनिधिले पनि कतै कुनै कूटनितिक पहल गरेको देखिँदैन । त्यस्तै अमेरिकी सिनेट सरकार र राष्ट्रपतिलाई समेत नेपालमाथि भएको भारतीय हस्तक्षेपको जानकारी गराइ आफ्नो पक्षमा विश्वास दिलाउने काम त्यहाँका राजदूतबाट पनि भएको पाइँदैन । यसरी छेपाराको तालले सुतेको पङ्गु कूटनीतिले नेपालको वास्तविक पक्ष प्रस्तुत गर्न नसकेकोले नै बेलायती प्रधानमन्त्रीले मोदीको लहलहैमा लागेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी वक्तव्य दिए,जसले दुइ सय बर्ष पुरानो घनिष्ठ मित्रतामा अमिलोपन आएको छ ।

आफ्नो बलबूतामा नयाँ संविधान जारी गरेर  समावेशी सिर्जनशील भविष्यप्रति उन्मुख भएको भूपरिवेष्टक सानो विपन्न मुलूकलाई हदैसम्म हेपेर देखाइएको व्यवहारमा नेपालका निकम्मा कूटनितिक प्रशासकहरु नै जिम्मेवार रहेका छन । तर हाल आएर बेलायतले आप्mनो नीति परिवर्तन गरी भारतीय नाकाबन्दीप्रति विमति जनाएको छ भने विदेशी दातृसमुदायले पनि भारतीय नाकावन्दी जारीरहे नेपालमा थप मानवीय शंकट पर्नसक्ने भन्दै सहानुभूति व्यक्त गरेको छ । तर भारतको हस्तक्षेपकारी हेपाहा व्यवहार हदैसम्मको अमानवीय कदम हुँदा पनि पर्याप्त दवाव भने कतैबाट पनि परेको छैन । उल्टै नेपालमा परेको मानवीय शंकटबाट थप उत्साहित हुँदै भारतले भने नेपालको सीमाभित्रै आएर शसस्त्र आकमण गर्ने र इन्धन औषधि जस्ताकुरा पठाउन झन झन कडा गर्दै नाकाबन्दी कस्दै लगेको छ ।

मित्रदेशमा खटिएका कूटनीतिक पदाधिकारीहरु अझै पनि सजग र कर्तव्यनिष्ठ नहुने हो भने नेपालको अन्तरराष्ट्यि पहुँच झनै खुकुलिँदै जाने पक्का छ र वर्तमान शंकट विकराल विपदको रुप लिएर झनै चुलिने छ । यसरी राष्ट्यि जीवन तहसनहस भएको र अन्तरराष्ट्रिय रङ्गमञ्चमा आफ्नो हैसियत स्खलित हुँदैगएको बर्तमान नेपालका दल र शासकहरुले देशको अखण्डता र सार्वभौमसत्तालाई कुन रुपमा भविष्य सन्ततिलाई बुझाउने हुन भन्ने प्रवल आशङ्का व्याप्त हुन थालेको छ ।

savara=www.imagekhabar.com

– See more at: http://www.nznepal.com/2015/11/7297/#sthash.i7pysnhM.dpuf

Leave a Reply

Your email address will not be published.