Home > प्रमुख समाचार > जाडोको कारण बिद्यालय बन्द

जाडोको कारण बिद्यालय बन्द

गोरखा । चिसोका कारण पठन पाडन गर्न कठिन भए पछि लाप्राकको बिद्यालय बन्द भएको छ । तिन सय पचास भन्दा बढि बिद्यार्थी भएको लाप्राकको मनीकाम देबि माध्यमिक बिद्यालय बन्द भएको हो । भुकम्प लाप्राकका बासिन्दा अहिले सम्म टेन्टमा नै बस्दै आएका छन । चिसोका कारण बाल बालिकाहरुलाई बिद्यालयमा आउन जानको समस्या परे पछि बिद्यालय बन्द गरेको मनीकाम देबि मा.बि.का शिक्षिका स्मृति गुरुङले जानकारी दिनु भयो ।
चिसोका बिद्याथीलाई आउन जान समस्या भए पछि बिद्यालय बन्द हुने स्थितीमा पुगेको हो । दिउसोमा चिसो हावा चल्ने अनि बिद्यार्थीलाई हात गोडा चिसोका कारण कड्याग्रिएको भन्दै बिद्यालय केहि समयका लागि बन्द गरेका बिद्यालय ब्यावस्थापन समितिका एक सदस्य भिम गुरुङले बताए । चिसोका कारण पानीको जमेर बरफ बन्ने तुसारो चल्ने हदा लाप्राकमा समस्या परेको हो । तुसारो परेर बाहिरी बाताबरणमा हिडडुल गर्न पनि सकमस्या परेको स्थानियले बताएका छन ।
ठुला मान्छेलाई त जसो तसो चल्दो रहेछ तर साना र बुढा बुढीलाई चिसोले बढि प्रभाबित बनाए पछि बिद्यालय बन्द गरेको अभिभावक राकेश गुरुङले जानकारी दिनु भयो । भुकम्प गएको सात महिना पुरा बिति सक्दा पनि लाप्राकमा अहिले सम्म त्रिपाल हट्न सकेको छैन ।
सरकारले घरको नमुना दिन्छ अनि घर बनाउला भन्दै रात भरी आगो तापेर बस्छौ आरसिं गुरुङले भन्नु भयो । हमीलाई भुकम्पले पनि ठग्यो अब फेरी घर बनाउदा सरकारी सेवा सुबिधा नपाईने त्रासमा बसेका छौ गुरुङ भन्छन ।

Leave a Reply

Your email address will not be published.