Home > समाचार > जोरपाटीमा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु

जोरपाटीमा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु

२४ मंसिर, काठमाडौं।

विहीबार बिहान काठमाडौंको जोरपाटी चोकमा पानी ट्यांकरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा१ख ८९०० नम्बरको पानी ट्यांकरले बा ७ प ८२२५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ ।

स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ ।  ट्यांकरले ठक्कर दिँदा ट्यांकरको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्यांकर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.