Home > Feature News > डा. केसीले सुरु गरे फेरी आर्को नवौं अनसन !

डा. केसीले सुरु गरे फेरी आर्को नवौं अनसन !

आश्विन १०, २०७३- चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् ।

सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् । डा. केसीले दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका हुन् ।

केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् । उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।

(News Source;- ekantipur )

Leave a Reply

Your email address will not be published.