Home > Uncategorized > धमाधम कांग्रेस नेताका घरमा तोडफोड गर्दै मधेसी मोर्चा

धमाधम कांग्रेस नेताका घरमा तोडफोड गर्दै मधेसी मोर्चा

जनकपुरधाम- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसका नेताको घरमा तोडफोड गरिरहेका छन् ।

सोमबार उनीहरुले विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । कांग्रेस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि कांग्रेसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।

कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ । उनीहरुले लीला कोइरालाको घर पनि तोडफोड गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published.