Home > Uncategorized > धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती विकासका लागि सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती विकासका लागि सहयोग

dhurmus_WMxYN38bBmसिन्धुपाल्चोक । विनाशकारी महाभुकम्पले ध्वस्त वस्तीको पुनर्निमाणका लागि चर्चित हाँस्यकलाकारद्धय सिताराम कटेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सक्रिय छन् । धुमुर्स, सुन्तलीले धुर्मुस सुन्तली फाउण्डेसन नै दर्ता गरेर एकीकृत वस्ती निमार्ण कार्यलाई तिव्रता दिएका हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची गिरानचोकमा पनि धुर्मुस सुन्तली फाउण्डेसनले धुमुर्स सुन्तली नमुना वस्ती निर्माण गरिरहेको छ । देश, विदेशमा सक्रिय संघ, संस्था र व्यक्तिको आर्थिक सहयोगममा धुमुर्स सुन्तली नमुना वस्ती निर्माण भैरहेको हो ।

यसैगरि गैर आवासीय नेपाली संघ एनआरएन आयरल्याण्डले पनि धुमुर्स सुन्तली नमुना वस्ती निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । निर्माणधिन आवास वस्ती गिरानचोक नै पुगि एनआरएन आयरल्याण्डका पुर्व अध्यक्षद्धय शुक्रराज न्यौपाने र गणेश प्रसाईले रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा न्यौपाने र प्रसाईले धुमुर्स सुन्तली फाउण्डेसनले राज्यले गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरे । समाजिक उत्तरदायित्व वहन गर्दै व्यक्तिले पनि यस्तो अमुल्य योगदान गर्न सक्छ भन्ने धुमुर्स, सुन्तली उदाहरणीय बनेको न्यौपाने र प्रसाईको भनाई थियो ।

गाउँले परिवेशका चिटिक्क परेका चारकोठे घर बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बन्ने छन् । कवर्ड’हल निर्माण हुने छ भने चार कोठे ती घरको माथि बुइकल पनि हुनेछ ।।

Leave a Reply

Your email address will not be published.