Home > आयरल्याण्ड > नयाँ वर्षमा राजु लामासँगै झुम्यो आयरल्याण्ड [फोटो फिचरसहित]

नयाँ वर्षमा राजु लामासँगै झुम्यो आयरल्याण्ड [फोटो फिचरसहित]

‘फेरि आउँछु’ भन्दै फर्किए गायक लामा
आयरल्याण्ड- नेपाली नयाँ वर्ष २०७३ को स्वागतमा आयरल्याण्डमा भव्य सांगीतिक कार्यक्रम आयोजना भएको छ ।

डब्लिनस्थित होटल र्‍याडिसनमा भएको कार्यक्रममा ४ सय ५० भन्दा बढी सहभागी थिए । कार्यक्रमको आकर्षण हुनुहुन्थयो चर्चित गायक राजु लामा ।

द एभरेष्ट नेपाल समूहका तर्फबाट देवराज कोइराला, अशोक भण्डारी, विवेक सापकोटा र सञ्जील खड्काले १२ अप्रिलमा आयोजना गरेको कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु गाउनुभएको थियो ।

कार्यक्रममा गायक लामालाई पञ्चकन्याले स्वागत गरेका थिए भने रातो कार्पेट बिच्छ्याइएको थियो । उहालाई कार्यक्रमस्थलसम्म ल्याउन लिमो कार प्रयोग गरिएको थियो ।

नागरिक अभिनन्दन पनि
कार्यक्रममा गायक लामासहितलाई नागरिक अभिनन्दन गरिएको थियो ।

नागरिक अभिनन्दन गरिएकाहरुमा कृष्णकुमार डंगोल, शारदा पेटिक्र्यु, दीपेशमान शाक्य, जीवन तिमिल्सेना, शुक्रराज न्यौपाने, राजन काफ्ले, अच्युत गैरे, मिकाल थापा, वसन्त न्यौपाने, ओम अधिकारी, बालकृष्ण श्रेष्ठ, डार्सी पेटिक्र्यु, रमेश लामिछाने, राम सिलवाल, गंगाराम कँडेल, मिलन छन्त्याल, सागर लामा, प्रजाया न्यौपाने, प्रकाश श्रेष्ठ, करुणा थापा, निलम प्रजापति हुनुहुन्थ्यो ।

यसैगरि युवा वैज्ञानिक केशव सापकोटासहित विद्यार्थीहरु सरोज गुरुङ, दर्शन पोखरेल र इशान प्रसाईंलई पनि नागरिक अभिनन्दन गरिएको थियो ।

उहाँहरुलाई संयुक्तरुपमा राजु लामा, गणेश प्रसाईं, नवराज कोइराला र देव गुरुङले अभिनन्दन गर्नुभएको हो ।

कार्यक्रममा बरिष्ठ सेफ बालकृष्ण श्रेष्ठको नेतृत्वमा परिकार तयार गरिएको थियो ।

च्यारिटीमा उठ्यो १ लाख ७० हजार
यसैबीच आयरल्याण्ड आएको अवसरमा राजु लामा फाउण्डेसनको परोपकारी अभियानमा सघाउन १३ तारिखमा एक च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौं रेस्टुराँ दल्कीका सञ्चालक चन्द्र बम्जन र प्रकाश बम्जनको पहलमा भएको च्यारिटी डिनरमा संकलन भएको रकमले सिन्धुपाल्चोक जिल्लामा निर्माण हुन लागेको ‘मायाको साँघु’ पुलका लागि खर्च गरिने गायक लामाले जानकारी दिनुभयो ।

फेरि आयरल्याण्ड आउँछुः लामा
१५ तारिखमा स्वदेश फर्किनुभएका गायक लामाले आफू आयरल्याण्डवासी नेपालीको तर्फबाट भएको स्वागतबाट प्रभावित भएको बताउँदै फेरि आयरल्याण्ड आउने वचन दिनुभयो । आयरल्याण्डमा रहँदा आयोजकले गायक लामालाई विभिन्न स्थानको भ्रमण गराएका थिए ।


11246978_580117515496984_7479949882291316789_n

12974506_580117182163684_5957991914684239210_n

12985387_580117435496992_4913392282069858387_n

12985387_580117988830270_7573821307653149083_n

13001064_580117668830302_4239962773610872839_n

13001080_580118535496882_1078754024983022144_n

13006628_580117322163670_158750686843888193_n

13007078_580118078830261_1744280202034433846_n

13015444_580118372163565_1803466306286921574_n

1916287_580117868830282_4974795376742648866_n

13015446_580118132163589_2165669250974130296_n

13052424_1577053675956823_1501596008_o

13054693_1577054252623432_1596993534_o

13054908_1577055015956689_113347484_o

13062857_1577053402623517_857762315_o

13063984_1577053549290169_1183105038_o

Leave a Reply

Your email address will not be published.