Home > Feature News > निमा रुम्बा आयरल्याण्डमा

निमा रुम्बा आयरल्याण्डमा

२६ जनवरी, डब्लिन ।

1 आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरु यतिबेला बेग्लै रुपले उत्साहित छन् । नेपाल आयरल्याण्ड जनजाती संघले जनवरी ३० का दिन एक बिशेष कार्यक्रम गर्ने तयारी गरे सँगै यहाँको साङ्गितिक माहोल तातेको हो । संघले सोनाम, तमु, ग्याल्पो ल्होसार र माघे सक्रान्तीको संयुक्त अवसरमा “ल्होसार तथा माघे सक्रान्ती नेपाली साँझ” को आयोजना गरेको छ ।

2 राजधानि डब्लिन स्थित र्याडिसन ब्लू रोयल होटेलमा सोमबार साँझ ४:३० बजेबाट सुरु हुने उक्त कार्यक्रमको मुख्य आकर्सणका रुपमा बिख्यात नेपाली पप गायक निमा रुम्बा आउने भएका छन् । रुम्बा नेपाली पप संगीत प्रेमी युवाहरुको माँझ नीकै लोकप्रिय छन् । उनका अलवा लोक कलाकार ज्ञान सिंह पुन, एनआरएनए स्कुल ग्रुप, उज्वल श्रेष्ठ, सागर गुरुङ लगायतको बिशेष प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा नेपाली खानाका स्वादिस्ट परिकारहरुको समेत ब्यबस्था मिलाईएको छ ।

3 रयाफल्, फोटोसेसन र डान्स पार्टी थप आकर्सणका रुपमा छन् ।

आयोजक जनजाती संघका अध्यक्ष्य एवं काठमान्डु नेप्लिज रेस्टुरेन्ट डल्कीका संचालक चन्द्र बोम्जनले एक बिज्ञप्ती जारी गर्दै कार्यक्रम भब्यताका साथ सम्पन गराउँन यहाँ स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई अपिल गर्नु भएको छ । साथै उहाँले आयरल्याण्ड बासी सम्पूर्ण नेपाली हरुलाई सहभागि भइ सफल पार्न अनुरोध गर्नु भएको छ ।

4

Leave a Reply

Your email address will not be published.