Home > अन्तर्वार्ता > नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ!

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ!

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगानाअखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता:

तपाइँले पत्ता लगाएको क्वाजीक्रिस्टलबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। नेपालमा यसको महत्व के छ?

यो १३ औं सम्मेलन हो। मैले ३० वर्ष अगाडि पहिलो सम्मेलनमा पनि भाग लिएको थिएँ। ३० वर्ष अगाडि आयोजना भएको सम्मेलनमा भाग लिने अहिले म एक जना मात्रै हो। हामीले प्रत्येक २–२ वर्षमा यो सम्मेलनको आयोजना गर्दै आएका छौँ। यस सम्मेलनमा क्वासिक पेरोडिक मेटरियलमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता सहभागीता जनाउदै आएका छन्। यस्ता सम्मेलनमा हामीले यो क्षेत्रमा हुने नयाँ अध्ययन तथा प्रगतिबारे छलफल गर्छौं। यसकै क्षेत्रभित्र अनुसन्धान भइरहेका र गर्नुपर्ने कुराहरुमा छलफल हुन्छ। म आयोजक कमिटीमा छैन। म यहाँ निम्तालु मात्र हुँ। यस पटक नेपालले सम्मेलन आयोजना गर्ने प्रस्ताव राख्यो जसमा आयोजक कमिटीले सहमति जनायो।

नेपालमै यो सम्मेलन आयोजना गर्नुपर्ने कुनै विशेष कारण थियो?

हामीलाई नेपालले निमन्त्रणा ग¥यो। नेपाली अनुसन्धानकर्ताले त्यसमा रुचि देखाए। प्रत्येक पटक सम्मेलन आयोनाका लागि धेरै निमन्त्रणाहरु आउने गर्दछन्। यस पटक नेपाल यो सम्मेलन आयोजन गर्न इच्छुक रहेको पायौं। सबै किसिमको अध्ययनपछि यो पटकको सम्मेलन नेपालमा आयोजना भएको हो।

विकसित राष्ट्रलाई हेरौं उनीहरु सबैले वैज्ञानीकलाई समर्थन गरेकाछन् केही खाडी मुलुकबाहेक। उदाहरणका लागि कतार धेरै धनी देश हो तर उसँग वैज्ञानीक छैनन्। उसँग तेल छ जुन दिगो हुँदैन। धेरै विकसित राष्ट्रसँग राम्रा राजनीतिज्ञका साथै वैज्ञानिक छन्।

तपाइँले पत्ता लगाएको क्वाजिक्रिस्टल दैनिक मानव जीवनमा कसरी प्रयोग भइरहेको छ?

क्वासिक पेरोडिक मेटरियलको धेरै प्रयोगविधि छन्। जब कुनै नयाँ खोज गरिन्छ तब मानिस मेटरियलको गुणबारेमा अध्ययन गर्न सुरु गर्छ। यहाँ सयौं क्वासिक पेरोडिक मेटरियल छन्। अध्ययनकर्ताले यसको इलेक्ट्रिकल, म्यागनेटिक र इनर्जी गुणका बारेमा अध्ययन गर्छन्। यदि उनीहरुले यसको गुणमा केही रोचक कुरा पत्ता लगाए भने उनीहरु  यसको प्रयोग कसरी गर्ने भनेर अध्ययन सुर गर्छन्। त्यसैले आज क्वासिक पेरोडिक मेटरियलका धेरै प्रयोगविधी छन् । क्वासिक पेरोडिक मेटरियलमा भएको कम शक्तिका कारण टिफोनजस्तै नटासिने सामाग्री हो। यसबाट ननस्टिक भाँडावर्तन बन्न थालेका छन्। क्वासिक पेरोडिक मेटरियलको अहिलेको प्रयोगविधि थ्रि डि प्रिन्टिङमा उपयोग भएको छ। यसका अन्य धेरै प्रयोगविधी पनि छन्। क्वासिक पेरोडिक मेटरियल इन्फा रेड रेडियसनमा छिट्टै पग्लन्छ।

तस्विरः केशव थोकर

तपाईले होटल सोल्टीको प्रवचनमा प्रविधि उद्यमशीलताको महत्वबारेमा आफ्ना धारणाहरु राख्नु भएको थियो। नेपाल जस्तो राष्ट्रका लागि प्रविधि उध्यमशिलताको महत्व कति हुनसक्छ?

सबै राष्ट्रका लागि प्रविधिको उध्यमशिलताको महत्व छ। नेपाल पनि त्यसमा पर्छ। सबै राष्ट्रले यसबाट फाइदा लिन सक्छन्। म विकसित प्रविधि भएको देशबाट आएको हुँ। प्रविधिको उद्यमशीलताले नेपालमा प्रतिव्यक्ति आम्दानी तथा कुल ग्राहस्त उत्पादन वृद्धि गर्न सहयोग पु¥याउनेछ। नेपालको प्रतिव्यक्ति  आम्दानी धेरै थोरै रहेछ। त्यस्तै ७ सय डलर प्रति वर्ष मात्रै। इजरायलको प्रतिव्यक्ति आय झण्डै ४० हजार डलर छ। यो के ले सम्भव भएको होरु निश्चय नै प्रविधि उद्यमशीलता इजरायली अर्थतन्त्रको मुख्य आधार हो। प्रविधिको उध्यमशिलता भनेको नयाँ प्रविधिको प्रयोग नयाँ उत्पादन र सेवाको उत्पादन गर्नु हो। त्यसलाई बजारमा बिक्री गर्नु हो। अहिलेको नयाँ प्रविधि प्रयोग गर्ने कम्पनीका व्यक्तिहरुको प्रतिव्यक्ति आम्दानी १ लाख डलरभन्दा माथि छ। यस्ता कम्पनी नेपालमा हुने हो भने नेपालले पनि विकास गर्न सक्छ। नेपाल अहिले विदेशी साहायतामा निर्भर छ । अब उसले आफ्नो छिमेकी भारत र चीनबाट धेरै  सिक्नु पर्ने देखिन्छ। ती दुवै धेरै छिटो विकसित भैरहेका छन्। त्यसैले प्रविधिको उध्यमशिलता नै विकासको  एक उक्तम मार्ग हो।

नेपालमा प्रविधि उद्यमशीलता प्रवद्र्धनको लागि लागि नेपाल सरकारलाई कस्तो सुझव दिन चहानुहुन्छ?

पहिलो कुरा सरकारले सबैका लागि न्युनतम शिक्षामा ध्यान दिनुप¥यो। धेरै भन्दा धेरै वैज्ञानिक र इन्जिनियर उत्पादन गर्नु प¥यो। खुला बजार अर्थतन्त्रलाई आत्मसात गर्नु प¥यो। सम्भव भएसम्म भस्ट्राचार न्युनीकरण गर्नुपर्छ। कुनै पनि देश विकासका लागि यी भनेका न्युनतम आवश्यकता हुन्। प्र्रविधि उध्यमशीलताको प्रोत्साहानका लागि सरकारले नयाँ बिउविजनका लागि रकम उपलब्ध गराउनु पर्छ। सरकारले प्र्रविधि उध्यमशीलतालाई विश्वविद्यालयको पाठ्यक्रममा राखेर नै अध्यापन गराउनु पर्छ।

नेपालमा पैसा लगानी गर्ने लगानीकर्ताको अभावमा नयाँ ‘स्टार्ट अप’ आउन गाह्रो छ। यो समस्याबाट माथि उठ्न के गर्नु पर्छ?

तपाई राम्रो अविष्कार र योजना लिएर आउनुपर्छ। यदि योजना नयाँ र राम्रो छ भने लगानीको कमी हुदैन। सरकारले यस्तो कार्यमा प्रोत्साहन दिनुपर्छ।

अविष्कार भनेको नविनता हो। उद्यमशीलताबाट अविष्कारलाई उत्पादन वा सेवामा परिणत नगर्दासम्म फगत अविष्कारको मात्र अर्थ हुँदैन। अब भन्नोस् विश्वका लागि नवीनता वा उध्यमशिलता कुन महत्वपूर्ण छ?

मनव शरीरमा कुन अंग महत्वपुर्ण फोक्सो वा मुटुरु तपाइँलाई दुवै आवश्यक छ। प्रविधिमा नविनता सँगसँगै उध्यमशिलता पनि। तपाइँ एक नयाँ अविष्कारलाई लिएर नयाँ उत्पादन तथा सेवाको प्रारम्भ गर्न सक्नुहुन्छ। यहाँनेर बुझ्नु पर्ने एउटा महत्वपूर्ण पक्ष के छ भने नयाँ अविष्कार लामो प्रक्रिया हो। उद्यमशीलताका लागि त्यति धेरै लामो समय लाग्दैन। तपाइँ अहलिे नै सुरु गर्न सक्नुहुन्छ।

नेपालसँग सफलताक लागि आवश्यक सबै चिज छ। यहाँ ३० मिलियन  मानिस छन्। हामीसँग जम्मा  ८ मिलियन मनिस छन्। नेपालसँग धेरै उर्बर जमिन छ भने इजरायलसँग थौरै मात्र जमिन छ।

नेपालले इजरायलको उद्यमशीलता यात्राबाट के पाठ सिक्न सक्छ?

इजरायल विकास हुनुमा मानिसमा भएको ज्ञानका साथै उद्यमशीलताको संस्कार पनि हो। मैले व्यक्तिगत रुपमा यसका लागि योगदान गरेको छु। किनभने मैले ३० वर्ष अगाडिबाट प्रविधि उद्यमशीलता पढाउन सुरु गरेँ जुन समयमा मानिसहरु यसबारेमा कुरा समेत गर्दैन थिए। दशौँ हजार वैज्ञानिक र इन्जिनियरले मेरो कक्षा लिएका छन्। नेपालले मानवीय क्षमता वृद्धिमा लगानी गर्न इजरायलबाट केही सिक्नसक्छ।

विगतमा इजरायलसँग केही थिएन। उसँग वैज्ञानिक र इन्जिनियर थिए। राम्रो व्रिश्वविद्यालय थिए। विश्वका उत्कृष्ट सय विश्वविद्यालयमा इजरायलका कम्तीमा तीन व्रिश्वविद्यालय पर्दथे। नेपालसँग सफलताक लागि आवश्यक सबै चिज छ। यहाँ ३० मिलियन  मानिस छन्। हामीसँग जम्मा  ८ मिलियन मनिस छन्। नेपालसँग धेरै उर्बर जमिन छ भने इजरायलसँग थौरै मात्र जमिन छ। नेपालमा पानीमा पनि धनी छ जसका कारण जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ। हामी सबैतिरबाट शत्रुबाट घेरिएका छौं भने नेपाल चारैतिरबाट मित्र राष्ट्रबाट घेरिएको छ।

तपाईलाई के लाग्छ कसले राम्रो संसारको सिर्जना गर्न सक्छ, एक राजनीतिज्ञ वा वैज्ञानीक?

मृगौला वा पाचन प्रणालीरु हामीलाई दुई वटाकै आवश्यकता छ। विकसित राष्ट्रलाई हेरौं उनीहरु सबैले वैज्ञानीकलाई समर्थन गरेकाछन् केही खाडी मुलुकबाहेक। उदाहरणका लागि कतार धेरै धनी देश हो तर उसँग वैज्ञानीक छैनन्। उसँग तेल छ जुन दिगो हुँदैन। धेरै विकसित राष्ट्रसँग राम्रा राजनीतिज्ञका साथै वैज्ञानिक छन्।

अन्त्यमा नेपालका युवा वैज्ञानीकहरुलाई के सन्देश दिन चहानुहुन्छ?

विश्वभर रहेका युवालाई म आफुलाई मनपर्ने विषय छान्न भन्छु। चाहे त्यो  बायोलोजी, फिजिक्स, केमेस्ट्री, म्याथामेटिक्स वा अन्य कुनै विषय होस्। अनी अफूले अध्ययन गरेको विष्यामा दक्ष बन भन्छु।

(Source: Nagarik News)

Leave a Reply

Your email address will not be published.