Home > अनौठो संसार > पाइन्ट फुकाल्ने दिवसमा अर्धनग्न भएर हिँड्दैछन् युवायुवती

पाइन्ट फुकाल्ने दिवसमा अर्धनग्न भएर हिँड्दैछन् युवायुवती

आइतबार अर्थात् जनवरी १० का दिन विश्वका विभिन्न देशमा पाइन्ट फुकाल्ने दिवस मनाइएको छ । यो दिवसका अवसरमा मानिसहरु सबवेमा यात्रा गर्दा पाइन्ट लगाउँदैनन् ।

नो प्यान्ट अभियान अर्थात् पाइन्ट नलगाउने अभियानको सुरुवात सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो । ७ जना युवाहरुले रमाइलोका लागि यस्तो गज्जबको आइडिया फुराएका थिए । ती युवाहरु पूरै एक दिन रेलको यात्रामा पाइन्ट नलगाइकनै रहे ।

तर केही समयपछि उनीहरुलाई अश्लीलता फैलाएको भन्दै प्रहरीले गिरफ्तार गर्यो । यद्यपि उनीहरुले छिटै छुटे । अनि अर्को वर्ष पनि एक दिन पाइन्ट फुकालेर घुम्ने कामलाई निरन्तरता दिए, अलिक प्रचार प्रसार गर्दै । विस्तारै अन्य मानिसहरुले पनि उनीहरुलाई साथ दिए र पाइन्ट फुकाल्ने दिवसमा मानिसहरुको सहभागिता बढ्दै जानुका साथै यो अभियानमा विभिन्न देशमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published.