Home > विविध > पान पसलमा ब्राउनसुगर

पान पसलमा ब्राउनसुगर

बाँके, भदौ १२

thनेपालगञ्जको एउटा पान पसलबाट ब्राउनसुगरको कारोबार हुने गरेको भेटिएको ११ पुरिया लागुऔषध ब्राउनसुगर सहित नेपालगञ्जको बसपार्कबाट एक पान पसले पक्राउ परेका छन्

नेपालगञ्जको बसपार्कमा पानपसल सञ्चालन गर्दै आएका सुरेन्द्र जैसवाललाई अस्थायि प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरिक्षक सुरेन्द्र पुन नेतृत्वको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो

पक्राउ परेका जैसवालले पान पसलको आडमा नेपालगञ्जका युवालाई ब्राउनसुगर सप्लाई गर्दै आइरहेको सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा उनलाई रंगेहात पक्राउ गर्न सकिएको प्रहरीले जनाएको

जैसवालको साथबाट हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको पक्राउ परेका जैसवाललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको

Leave a Reply

Your email address will not be published.