Home > Feature News > पार्टी एकताका लागि खुला छौं; राप्रपा

पार्टी एकताका लागि खुला छौं; राप्रपा

काठमाडौं, साउन २६ ।

1470750292raprapa-final-finalराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपाल अध्यक्ष कमल थापाले आफ्नो पार्टीसँगको एकताको अध्याय समाप्त भएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाका सहप्रवक्ता किरण गिरीले निकालेको विज्ञप्तिमा राप्रपा नेपालका अध्यक्ष थापाले मंगलबार दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा गिरीले राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टी एकताप्रति प्रतिबद्ध र कटिबद्ध रहेको स्पस्ट धारणा सार्वजनिक गरिसकेको जनाउँदै राप्रपा अन्तरिम विधानको अन्तरवस्तुमा सहमति गर्दै राप्रपा नेपालसँग एकता गर्न सधैं खुला र उदार भएको उल्लेख गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published.