Home > प्रवास > लण्डनमा भेला भएर प्रबासिहरुले यसरि मनाउदैछन राष्ट्रिय मेलमिलाप दिवस

लण्डनमा भेला भएर प्रबासिहरुले यसरि मनाउदैछन राष्ट्रिय मेलमिलाप दिवस

nepali-Congressलन्डन ३० मंसिर –  लामो समय छिमेकी राष्ट्र भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले  मनाउने राष्ट्रिय मेलमिलाप दिवस यसपटक युरोपका प्रबसी नेपालीहरुले पनि धुमधामका साथ मनाउदैछन्।

यसै कार्यक्रमलाई लक्षित गरि  नेपाली जनसम्पर्क समिति, बेलायतले आगामी ३ जनवरीमा अल्डरशटस्थित नेपाली रेस्टुरेन्टमा भेटघाट कार्यक्रमको आयोजना गर्न लागेको छ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा हुन लागेको सो कार्यक्रमलाई सफल पार्न सुनसरी तरुण दलका सभापति गुरुङ लण्डन पुगिसकेका छन्। समितिका महामन्त्री त्रिवाठीको संयोजकत्वमा नेपाली काँग्रेसका केन्द्रीय नेता तथा सांसद डा प्रकाश सरण महत, सुनसरी तरुण दलका सभापति सिजन गुरुङ साथै युरोप आठ राज्यका जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङ, जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति एवं एनआरएनए बेल्जियम अध्यक्ष गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सन्तोष जोशी,महिला नेत्री सिता सापकोटा, एनआरएनए पोर्चुगल र जनसम्पर्क समिति, पोर्चुगलका संस्थापक सभापति पूर्ण हमाल, नेपाली जनसम्पर्क समिति सभापति लक्ष्मी सापकोटा लगायतले कार्यक्रममा सहभागीता जनाउने भएका छन्।

त्यस्तै आयरल्याण्डबाट शुक्रराज अधिकारि नेतृत्वको  एउटा टिम, जनसम्पर्क समिति स्पेनका सभापति शालिकराम डुम्रे, डेनमार्कबाट सोम सापकोटा,नेदरल्याडबाट जनसम्पर्क समिति सभापति नारायण आर्चय, जर्मनीबाट विजय मुक्तान, स्विटजरल्याडबाट अनिल महतो, जनसम्पर्क समिति एवं 
युरोपका नेता पुष्पराज भण्डारीले पनि उक्त कार्यक्रममा उपस्थिती जनाउने छन्।

तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाको प्रबाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फर्किएका थिए। नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमीमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उनको मान्यता थियो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ। वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको पाईन्छ।

आवश प्रबन्धक समितिका प्रबक्ता प्रवेश केसीको संयोजकत्वमा महामन्त्री शिव तिमिल्सिना, तर्क जङ गुरुङ, डा मीन रानाभाट प्रचार प्रशार समिति गठनमा लागिरहेको समितिले जनाएको छ। मेलमिलाप दिवसका अवसरमा वीपी कोइरालाको जीवन कहानीमा आधरित र उनको सिद्धान्तमाथि बनेको नेपाली फिल्म “तीन घुम्ती” उक्त दिवशमा प्रदर्शन गर्न लागेको आयोजक समितिका सभापति लोक गुरुङले बताएका छन्।

Leave a Reply

Your email address will not be published.