Home > Uncategorized > फर्मुल्लाह मन्सुर बने पहिलो निर्वाचित केन्द्रीय सदस्य

फर्मुल्लाह मन्सुर बने पहिलो निर्वाचित केन्द्रीय सदस्य

काठमाडौँ- फर्मुल्लाह मन्सुर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो सदस्य भएका छन् । बिहीबार सम्पन्न समावेशि मुस्लिम कोटातर्फको मतगणनाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
उनले मुस्लिम कोटातर्फ भएको निर्वाचनमा १२२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अफताव आलमले १०४४ मत प्राप्त गरेका थिए । मन्सुर यसअघि पनि केन्द्रीय सदस्य थिए भने उनी सांसद पनि हुन् । उनी देउवा पक्षका केन्द्रीय सदस्य पनि हुन् । उनी महाधिवेशन अगाडि मात्र देउवा समूहमा लागेका थिए ।
यस्तै अब्दुल सतारले ४६०, अहमद मियाले १०४, अरुण मानवले ४८ र हारुण रसिदले ४३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.