Home > Feature News > फीफा वर्ष खिलाडीको मनोनयनमा २३ खेलाडी

फीफा वर्ष खिलाडीको मनोनयनमा २३ खेलाडी

img_0835

 

 

 

 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष खेलाडी २०१६ का लागि मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । अवार्डका लागि २३ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यो वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिने तयारी गरेको हो । फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो । तर त्यसपछि गएको वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो । अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइने छ । विश्वका राष्ट्रिय टिमका कप्तान तथा मूख्य प्रशिक्षकले दिएको मतलाई ५० प्रतिशत तथा विश्वका झण्डै दुई सय खेल पत्रकार तथा अनलाइनमार्फत समर्थकले दिने मतले ५० प्रतिशत हिस्सा लिने छ । फिफाले पुरुष वर्ष फुटबल खेलाडीसहित विभिन्न ८ विधामा पुरस्कार प्रदान गर्ने छ । फिफा महिला वर्ष खेलाडी, पुरुष वर्ष प्रशिक्षक, महिला वर्ष प्रशिक्षक, वर्षको उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्ड, फ्यान अवार्ड र फिफा वर्ष टिम अवार्ड प्रदान गरिने छ । अवार्डका लागि मत दिन चाहने समर्थकले फिफा डट कममा गएर आफूलाई मन परेको खेलाडीलाई मत दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published.