Home > Feature News > बिदेशमा पैसा कमाउनुस, नेपालमा लगानी गर्नुहोस: सुरेन्द्र पाण्डे

बिदेशमा पैसा कमाउनुस, नेपालमा लगानी गर्नुहोस: सुरेन्द्र पाण्डे

चैत्र २३, आयरल्याण्ड

नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री माननीय सुरेन्द्र प्रसाद पाण्डेले नेपाल र आयरल्याण्ड बिचको कुटनितिक सम्बन्ध थप उचाइमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । चितवन समाज आयरल्याण्डको आयोजनामा आज सोर्समा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । एक फरक प्रसंगमा नेता पाण्डेले बिदेशिएका नेपाली युवाहरुलाई सिप र धन आर्जन गरि नेपालमै लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल भ्रमण वर्ष(युरोप) २०१७ को प्रबर्द्धनका लागि नेपाल आयरल्याण्ड सोसाइटिको निमन्त्रणामा पाण्डे आयरल्याण्ड आउनु भएको हो । साताब्यापी आयरल्याण्ड बसाइका क्रममा उहाँले आइरिस कुटनीतिक नियोगहरु संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
सो अवसरमा चितवन समाज द्वारा संचालित कलेजो सम्बन्धि जटिल रोग लिभर सिरोसिस बाट ग्रस्त चितवन जगतपुर बस्ने राजु भट्टराइको सहयोगार्थ उठाइएको १ हजार ८ सय ३७ युरो अर्थात करिब नेपालि २ लाख रुपैया समेत हस्तान्तरण गरियो ।
सगरमाथा किचनमा मंगलबार आयोजित उक्त कार्यक्रम चितवन समाज आयरल्याण्डका अध्यक्ष्य चेतराज ओलीको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।