Home > Feature News > ब्रिटिश संसद् भवन बाहिर आतंकवादी आक्रमण

ब्रिटिश संसद् भवन बाहिर आतंकवादी आक्रमण

Terror-Attack-London-Westminster-Houses-of-Parliament-Bridge-Met-Police-Theresa-May-599040

मध्य लण्डनस्थित वेस्टमिनिस्टरमा आबस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको

ब्रिटिश प्रहरीले बताएको छ। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्।

ती क्षेत्रमा आवागमन निषेध गरिएको छ। केही मानिस घाईते भएको बताइएको छ र घाइतेमध्ये एकजना प्रहरी र संदिग्ध आक्रमणकारी रहेको

बताइएको छ। एउटा गम्भीर घटनापछि एकजना सन्दिग्ध आक्रमणकारीलाई सशस्त्रप्रहरीले गोली हानेको सांसदहरुलाई जानकारी दिइएको थियो।

प्रहरी द्वारा  ‘तीन वा चार राउण्ड’ गोली प्रहार भएको र गोलि लगेर संदिग्ध आक्रमणकारीको घटना स्थलमा मृत्यु भएको छ।इन्डिपेन्डेन्टका

राजनीतिक सम्पादक टम पेकले ट्विटरमा लेखेका छन्, “ठूलो आवाज सुनियो। चिच्याहट। अन्योल। त्यसपछि गोलि चलेको आवाज। चारैतिर

सशस्त्र प्रहरी छन्।”

Leave a Reply

Your email address will not be published.