Home > प्रबिधि > भरतपुर अस्पातललाई अब लोडसेडिङले नछुने

भरतपुर अस्पातललाई अब लोडसेडिङले नछुने

bharatpur-hospital3भरतपुर, चितवन । भरतपुर अस्पतालमा २५० केभीएको जेनेरेटर जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हटलाइन सञ्चालन हुँदै आएको भरतपुर अस्पतालमा कारणबस हटलाइन बन्द हुँदा उपचारमा निकै समस्या हुँदै आएको अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ । २५ लाख ९० हजार रूपैयाँको लागतमा पाँच सय लिटर डिजल स्टक राख्न सक्ने क्षमता भएको जेनेरेटर जडान गरिएको हो । ‘काठमाडौंको एमएडब्लु इन्जिनियरि∙ प्रालिले टेण्डरमार्फत उपलब्ध जेनेरेटरले प्रतिघण्टा ४० लिटर तेल खान्छ,’ भरतपुर अस्पतालको मर्मत सम्भार शाखाका प्रमुख पुरूषोत्तम ढेवाजुले भने, ‘२३० भोल्ट क्षमताको जेनेरेटर भएपछि अस्पतालमा अब हटलाइन कारणबस गए पनि उपचारमा कुनै पनि समस्या हुदैन ।’ हटलाइन जाँदा स्वचालित रूपमा जेनेरेटर स्र्टाट हुने व्यवस्था गरिएको छ । यसअघि, अप्रेशन थ्रिएटर, आइसियूलगायतका सिमित स्थानमा मात्रै जेनेटर लाइनको व्यवस्था गरिएको थियो । अस्पतालमा हटलाइनसँगै सिटी लाइन पनि जडान गर्ने तयारी भइरहेको छ । हटलाइनको शुल्क गत वर्ष प्राधिकरणले बढाएपछि अस्पतालले साधारण समयमा सिटी लाइन जोड्ने तयारी थालेको हो । भरतपुर अस्पतालमा जेनेरटर जोडेपछि अस्पतालमा नयाँ उपकरण र सेवा सुविधा थप गर्न सहज हुन्छ, अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूदप्रसाद मरासिनीले भने, ‘उपकरणहरू पनि सुरक्षित रहन यसले सहयोग गर्नेछ ।’ कारणवस हटलाइन जाँदा प्रयोगशाला र एक्सरेलगायतका सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । ‘अब भने त्यो समस्या सदाका लागि अन्त्य भएको छ, यसले अस्पतालको आम्दानीमा समेत वृद्धि गर्नेछ’ मेसु मरासिनीले दाबी गरे । भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदी अस्पतालमा नयाँ जेनेरटेर जडान गरैसँगै मैनबत्ती युगको अन्त्य भएको र अस्पतालको आधारभूत आवश्यकता पूरा भएको बताए ।

Leave a Reply

Your email address will not be published.