Home > प्रमुख समाचार > मधेसी मोर्चासँग भोलिसम्ममा सहमति हुन्छ : दाहाल

मधेसी मोर्चासँग भोलिसम्ममा सहमति हुन्छ : दाहाल

 

धनगढी- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँगको वार्ता निष्कर्ष नजिक पुगेको बताउँदै भोलिसम्ममा सहमति हुने दाबी गरेका छन् ।

आइतबार कैलालीले धनगढीस्थित गेटा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भोलिसम्ममा मोर्चासँग सहमति हुने दाबी गरेका हुन् ।

संविधान संशोधनमार्फत समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने र सीमांकनको विषय राजनीतिक समितिले तीन महिनाभित्र टुंग्याउने गरी सहमति बन्न लागेको दाहालको भनाइ थियो ।

राजनीतिक सहमतिका आधारमा संघीय प्रदेशको सीमा हेरफेर गर्न सकिने भन्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएसँगै नाकाबन्दी खुल्ने बताए ।

मुलुकलाई निकास दिन राष्ट्रिय सरकार आवश्यक हुने भन्दै उनले त्यस विषयमा नेपाली कांग्रेसँग छलफल भइरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published.