Home > Feature News > महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना

महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना

बुटवल, साउन २९।

1470996274hatya-final बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा एक महिलाको रहस्यमय तरिकाले हत्या भएको छ । भाडामा बस्दै आएकी कमला न्यौपानेको विहीबार राति आफ्नै कोठामा हत्या भएको हो । हत्यापछि कोठामा रहेका लाखौं मूल्य बराबरका गरगहना र रकम पनि लुटिएको बताइएको छ । उनको शव घाँटीमा बिजुलीको तार कसेको अवस्थामा बक्स पलङभित्र भेटिएको र टाउकोमा चोटसमेत रहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । उनका श्रीमान् नित्यानन्द न्यौपाने बुटवलमा जुत्ता पसल सन्चालन गर्दै आएका छन् । श्रीमान् कामको सिलसिलामा काठमाडौं गएको र दुई सन्तान पनि काठमाडौंमै रहेको समयमा घटना भएको हो । सोही घरमा डेरा बस्ने अरु व्यक्तिहरुकाअनुसार मृतक कमलाको कोठाको बाहिरबाट चुकुल लगाएको तर उत्तरपट्टिको झ्याल भने खुलै रहेको थियो । कमलाले विगत केही वर्षदेखि बुटवलमा ‘ढुकुटी’ खेलाउँदै आएकाले लेनदेनसम्बन्धी रिसइबीमा चिनेजानेकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.