Home > प्रवास > मृगौला पीड़ितलाई न्यू जीलैंडबाशीले सहयोग जुटाउदै

मृगौला पीड़ितलाई न्यू जीलैंडबाशीले सहयोग जुटाउदै

गुल्मी । २१ बर्षको छोरा । त्यही पनि मृगौला रोगबाट ग्रसित । उपचार गर्दा गर्दा भएको  सम्पति पनी सकियो । अहिले छोराको उपचार खर्चको माग्दै हिड्नु पर्दा कस्को पो मन नारोला र ?

अहिले यस्तै भएको  छ  गुल्मी जिल्ला तुरागा गाबिस वडा न ७ का शृजना श्रेष्ठलाई । उनको छोरा मृग्रेद श्रेष्ठ  मृगौला रोगबाट ग्रसित भएर उपचार गराई रहेका छन् ।

आर्थिक अवस्था एकदम कम्जोर भएको श्रेष्ठ परिवारहरुले  अहिले  सहयोगी हातहरु खोजिरहेका छन् ।त्यस्तै मृगौला पीड़ित श्रेष्ठलाई न्युजीलैंड बाशी नेपालीहरुले सहयोग जुटाउने भएका छन् ।

धेरै अघि देखि बिभिन्न रोगबाट पीड़ितहरुलाई सहयोग जुटाउदै आएको nznepal.com ले फेरि एक जना गुल्मीका मृगौला पीड़ितलाई सहयोगको लागि अपील गरेको छ।

न्यू जीलैंड निवासी बुद्धि सागर घिमिरे र सुभास भण्डारी को बिशेष सक्रियतामा रकम संकलन को काम भएको कुरा nznepal का संचालक बुद्धि सागर घिमिरे ले जानकारी दिए ।

जनस्वास्थ्या कार्यालय गुल्मीले समेत भक्तपुरको मानब अङ्ग प्रत्यारोपण केन्द्रलाई  एक पत्र लेख्दै सयोग गर्न आपिल गरेको छ ।

सहयोग गर्नचाहने सहयोगी हातहरुले शुबास भंडारिको मोबाइल नंबर 0064272380748 मा  सम्पर्क गर्न सक्नु हुनेछ  ।

 

Leave a Reply

Your email address will not be published.