Home > खेलकुद > मेसीलाई टीममा फ़र्कने दबाव

मेसीलाई टीममा फ़र्कने दबाव

image

देव राज, साउन १७  ।  गत महिना अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा आफ्नो देश अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भए लगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका मेसिलाई फकाउन अर्मान्डो पेरेज स्पेन जान लागेका छन । अर्जेन्टिनी सञ्चारमाध्यमहरूले जनाए अनुसार कार्यकारी प्रमुख पेरेजसहितको टोलीले स्पेनमा मेसीलाई भेटी निर्णय फिर्ता लिन दबाब दिनेछन् ।

पछिल्लो तीन वर्षमा अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्वकप सहित तीन ठूला प्रतियोगिताको फाइनलमा पुर्याए ।
पनि उपाधि दिलाउन नसकेपछि मेसीले राष्ट्रिय टोली त्यागेको घोषणा गरेका थिए ।

यस्तै मेसीका हजारौ समर्थकले पनि उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । तर मेसीले अहिलेसम्म त्यस सम्बन्धमा आफ्नो कुनै धारणा सार्वजनिक गरेका छैनन् । मेसीले अन्तर्राष्ट्रिय फुटबलमा फर्कने सम्भावना सकिएको बताउँदै आएका छन् । उनी अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published.