Home > अनौठो संसार > मोबाइलको खोलमा बदल्न सकिन्छ यो सेल्फी लौरो

मोबाइलको खोलमा बदल्न सकिन्छ यो सेल्फी लौरो

selfee-stick-3

यो सेल्फी लौरो हो तर यसलाई फोल्ड गर्नुभयो भने मोबाइलको खोल बन्दछ । अर्थात् भनौँ, यो मोबाइलको पछाडिपट्टीको खोल हो जसलाई खोल्नुभयो भने सिधा सेल्फी लौरोमा प्रकट हुनेछ ।

पत्याउनै गाह्रो । एउटै चिज कसरी लम्बेतान सेल्फी लौरो र पातलो मोबाइल खोल बन्न सक्छ ? आखिर प्रविधि न हो । जे पनि सम्भव हुन्छ ।

यो सेल्फी लौरोको लम्बाइ २८ इन्च हुन्छ र यसको नाम हो स्टिकबक्स

सेल्फी खिच्नु छ त यसलाई खोल्नुहोस् र सिधा पार्नुहोस् । फोटा खिच्नुपर्ने छैन भने यसलाई फोल्ड गर्नुहोस् र बनाउनुहोस् स्मार्टफोनको ब्याक कभर ।

जसले क्यामरा अठ्याउने ट्राइपड पनि झोलामा खाँद्न सकिने खालका पोर्टेबल बन्दै गएका छन् त्यसैलगरी सेल्फी लौरो पनि अब मोबाइल फोनमा लपेट्न सकिने भएको छ । मोबाइलमै लपेटेर गोजीमै सेल्फी लौरो बोकेर हिँड्न सम्भव भएको छ ।

स्टिकबक्स नामको यो सेल्फी लौरो केवल देख्नमा मात्र रोचक होइन यसले तपाइँको स्मार्टफोन डिभाइसलाई समेत सदैव जोडिइरहन्छ र सेल्फी खिच्ने बेलामा सुरुमा लौरोलाई मोबाइलमा जोड्ने झण्झट हुँदैन ।

यो सेल्फी लौरोको मुल्य ४४ डलर पर्ने बताइएको छ र अहिले सुरुमा यो सेल्फी लौरो आइफोन सिक्सका लागि तयार पारिएको छ । निकट भविष्यमा एन्ड्रोइड, विन्डोज तथा ब्लाकबेरी फोनका लागि पनि यस्तै सेल्फी लौरो आउने विश्वास गर्न सकिन्छ ।

यो सैल्फी लौरो उत्पादन गर्ने कम्पनीले यसको व्यवसायिक उत्पादनका लागि इन्टरनेट मार्फत रकम संकलनको प्रयास सुरु गरेको छ र अपेक्षा अनुरुप रकम संकलन हुन सकेमा आउँदो वर्षको मे महिना सम्ममा यसलाई बजारमा पठाउन सकिने लक्ष्य लिएको छ । एजेन्सी

selfee-stick-2

Leave a Reply

Your email address will not be published.